काठमाडौँ
प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन पहिलो साता राजीनामा दिने तयारी गरेका छन् । आफ्नो नेतृत्वमा सबै निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय संसद्को अन्तिम नतिजा बुझाए लगत्तै उनले राजीनामा दिन लागेका हुन् । "/>

फागुन पहिलो साता राजीनामा दिने तयारीमा प्रधानमन्त्री

फागुन पहिलो साता राजीनामा दिने तयारीमा प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन पहिलो साता राजीनामा दिने तयारी गरेका छन् । आफ्नो नेतृत्वमा सबै निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय संसद्को अन्तिम नतिजा बुझाए लगत्तै उनले राजीनामा दिन लागेका हुन् ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि नयाँ प्रधानमन्त्री चयनका लागि मार्ग प्रशस्त नगरेको भन्दै आलोचना भइरहेको बेला राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएपछि राजीनामा दिने कि सबै नतिजा आएपछि राजीनामा दिने भन्ने विषयमा प्रधानमन्त्री देउवाले छलफल गरेका थिए । सबै परिणाम सार्वजनिक भएपछि राजीनामा दिन सुझाव आएपछि आयोगले अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाए लगत्तै देउवा राजीनामा दिने मनस्थितिमा रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले राजीनामा दिने विषयमा पार्टी नेताहरूसँग मंगलबार देखि नै छलफल गरिरहेको वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिए । ‘राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएपछि राजीनामा दिने कि प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक नहुँदा सम्म कुर्ने भन्नेमा छलफल भइरहेको छ,’ उनले भने, ‘खासगरी यसमा दुई स्टेप छन्, राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएपछि राजीनामा दिने कि प्रतिनिधिसभाको अन्तिम परिणाम आएपछि भन्नेमा प्रधानमन्त्री ज्यू परामर्शमा हुनुहुन्छ ।’
राजधानीबाट

Skip This
Skip This
Logo