काठमाडौं

काठमाडौ जिल्ला प्रशासन कार्यालयले डा. गोविन्द केसीलाई प्रधानन्यायधीश गोपाल पराजुलीको नागरिकता विवरण नदिएको बताईएको छ । "/>

जिल्ला प्रशासन कार्यालयद्धारा गोपाल पराजुलीको नागरिकता सम्बन्धी विवरण दिन इन्कार

जिल्ला प्रशासन कार्यालयद्धारा गोपाल पराजुलीको नागरिकता सम्बन्धी विवरण दिन इन्कार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

काठमाडौ जिल्ला प्रशासन कार्यालयले डा. गोविन्द केसीलाई प्रधानन्यायधीश गोपाल पराजुलीको नागरिकता विवरण नदिएको बताईएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वोच्च अदालतमा पठाई सकिएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता सम्बन्धी विवरण दिन इन्कार गरेको हो ।

नागरिक अभियन्ता डा. गोविन्द केसी लगायतले पराजुलीको नागरिकता सम्बन्धमा जानकारी माग्दै माघ १० गते जिल्ला प्रशासनमा निवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौले भने पराजुलीको नागरिकता सम्वन्धि सम्पुर्ण विवरण सर्वोच्व अदालतमा बुझाई सकिएकोले केसीलाई उक्त विवरण दिन आवश्यक नभएको भन्दै पत्र बुझाएको छ । केसीलाई दिएको पत्रमा भनिएको छ नेपाल नागरिकता नियमावली ०६३ को नियम १६ बमोजिम कर्मचारी र निजका परिवारका हकमा आफु कार्यरत रहेको जिल्लाबाट नागरिकता लिन सक्ने प्रावधान रहेको उल्लेख गराएको छ ।

Logo