विराटनगर ।

राष्ट्रियसभा निर्वाचन अन्तरर्गत प्रदेश नम्बर १ मा मतदान सम्पन्न भएको छ । "/>

प्रदेश नम्बर १ मा मतदान सम्पन्न, ३ सय ६४ मत खस्यो

प्रदेश नम्बर १ मा मतदान सम्पन्न, ३ सय ६४ मत खस्यो

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

राष्ट्रियसभा निर्वाचन अन्तरर्गत प्रदेश नम्बर १ मा मतदान सम्पन्न भएको छ ।

कुन ३ सय ६७ मतदाता रहेको प्रदेश नम्बर १ मा एक जना प्रदेश सांसद र दुई जना स्थानीय तहका प्रतिनिधि बाहेक अन्यले मतदान गरेका छन् । भने मतदान गरेका छैनन् ।

क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलका अनुसार २ सय ७२ जना स्थानीय तहका प्रमुख उपप्रमुख र ९२ जना प्रदेश सांसदले मतदान गरेका हुन् ।

स्थानीय तहका प्रमुखरउपप्रमुख तर्फ ताप्जेजुङ मिक्वाखोला गाँउपालिकाका उपप्रमुख रुद्रकुमारी साँवा र तेह्रथुमको लालिगुराँस नगरपालिकाका प्रमुख अर्जुन मावुहाङ मतदान प्रक्रियामा सहभागी नभएका हुन् ।

संखुवासभा मकालु गाँउपालिकाका प्रमुख रहेको खड्ग कटुवाल सवारी दुर्घटनामा मृत्यु भएको थियो । प्रदेश सांसद तर्फ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्वाहाफेले मतदान नगरेकी हुन् । यसैबीच राष्ट्रिय सभा सांसदका लागि दलित र अल्पसंख्यकका लागि भएको मतदानको परिणाम आज नै आउने भएको छ ।

 

Logo