ललितपुरको टिकाथलीमा भूककाण्डको आतंक मच्चाउनेहरुर्लाइ प्रहरीले पक्राउ गरेको छ । भुत काण्ड’ मा संलग्न रहेका अञ्जना उपाध्याय र ललिता चौधरीलाई प्रहरी कार्यालयमा बोलाएर प्रहरीले घटनाबारे बयान लिएको जनाएको छ । "/>

यस्तो छ टिकाथलीमा भूतको रहस्य, प्रहरी खोरमा २ युवती

यस्तो छ टिकाथलीमा भूतको रहस्य, प्रहरी खोरमा २ युवती

केन्द्रबिन्दु
0
Shares

ललितपुरको टिकाथलीमा भूककाण्डको आतंक मच्चाउनेहरुर्लाइ प्रहरीले पक्राउ गरेको छ । भुत काण्ड’ मा संलग्न रहेका अञ्जना उपाध्याय र ललिता चौधरीलाई प्रहरी कार्यालयमा बोलाएर प्रहरीले घटनाबारे बयान लिएको जनाएको छ ।

घटनामा संलग्न रहेका र उनीहरुका परिवारहरुसँग पनि यसबारे सोधपुछ भइरहेको सातदोबाटो प्रहरी प्रमुख विनोद सिलवालले जानकारी दिए ।

घटनाबारे मंगलबार बेलुका सोधपुछ गरेको प्रहरीले आज थप व्यक्तिहरुसँग सोधपुछको काम भईरहेको सिलवालले बताए ।

‘आज बुधबार पनि हामीले घटनामा संलग्न रहेका र उनीहरुका परिवारहरुसँग सोधपुछको क्रमलाई जारी राखेका छौँ । के भएको हो ? साँच्चिकै भूतले तर्साएको हो या होइन भन्ने बारे सोधपुछ भइरहेको छ ।’ सिलवालले भने ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रमुख डीआइजी पुष्कर कार्कीले भूतकाण्डको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही अगाडि बढाउन निर्देशन दिएका थिए ।

Logo