काठमाडौं
नयाँबानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकको भौतिक र प्राविधिक तयारी धमाधम भइरहेका बेला उक्त केन्द्र मर्मत गर्नु पर्ने समय आएको भन्दै छिमेकी चीनबाट प्राविधिक टोली आएका छन् । चिनियाँ प्राविधिक टोली नेपाल आएपछि संसद सचिवालय र सहरी विकास मन्त्रालय अलमलमा परेका छन् । तत्कालीन राजा वीरेन्द्र शाहको आग्रहमा चीन सरकारले ०४८ सालमा निर्माण गरेको उक्त केन्द्रमा ०६४ देखि संविधानसभाको बैठक बस्दै आएको छ । भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत चीन सरकारले सम्मेलन केन्द्र लगायत आफूले निर्माण गरेका संरचनाको पुनर्निर्माण र मर्मतका लागि प्राविधिक र कामदार सहितको टोली खटाएको छ ।
टोलीले सम्मेलन केन्द्र मर्मतका लागि दुई वर्ष समय मागेको छ । चीन सरकारले आफूले निर्माण गरेका संरचनाको निर्माणका लागि बजेट र योजना रहेको भन्दै अहिले मर्मत गर्न नपाए ‘पछि सम्भव’ नहुने जवाफ संसद सचिवालय र सहरी विकासलाई दिएको छ । संसद सचिवालयले पहिलो संविधानसभा देखि सहरी विकास मन्त्रालयसँग उक्त भवन भाडामा लिई बैठक सञ्चालन गर्दै आएको छ । चीनले भवन मर्मत नगरे प्राविधिक र आर्थिक रूपमा आफैं मर्मत गर्न सकिने अवस्था नरहेको सचिवालय कर्मचारी बताउँछन् ।
‘मर्मतका लागि २ वर्ष समय मागेपछि हामी अप्ठ्यारोमा छौं’, संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले भने, ‘एकातिर संसद सञ्चालन गर्नुपर्ने बेला आउँदै छ भने अर्कोतिर मर्मतको कुरा पनि उत्तिकै महत्वपूर्ण छ । के गर्ने, के नगर्ने हामी अन्योलमा छौं ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया