म्याग्दी
ठगहरूको एउटा गिरोहले म्याग्दीका चार दर्जन भन्दा बढी व्यक्तिलाई सित्तैमा घडेरी दिएर करोडौं ऋणमा डुबाएका छन् । "/>

सित्तैमा पाएको जग्गाले ऋणमा डुबायो : ठगहरूको एउटा गिरोह सक्रिय

सित्तैमा पाएको जग्गाले ऋणमा डुबायो : ठगहरूको एउटा गिरोह सक्रिय

केन्द्रबिन्दु
0
Shares

म्याग्दी
ठगहरूको एउटा गिरोहले म्याग्दीका चार दर्जन भन्दा बढी व्यक्तिलाई सित्तैमा घडेरी दिएर करोडौं ऋणमा डुबाएका छन् ।सर्वसाधारण नागरिकलाई आफ्नो नामको जग्गा दिएर बैंकमा धितो राख्न लगाई ऋण निकालेर आफूले प्रयोग गरी ऋणमा डुबाएका हुन् । सो गिरोहले मिलेमतो गरेर धितोमा राखेको कमसल घडेरी र जग्गालाई बढी मूल्यांकन गराई ऋण निकालेर कर्जा प्रवाह गर्ने वित्तीय संस्थालाई समेत हानी नोक्सानी पुर्याएको अभियोगमा बैंकिङ कसुरको मुद्दा परेको छ । आफ्नो नामको जग्गा धितो राखेर अरूलाई नै पैसा प्रयोग गर्न दिएका सर्वसाधारण अहिले बैंकिङ कसुरको मुद्दामा अदालतले पत्र काटेपछि छाँगाबाट खसे जस्तै भएका छन् ।

“भाइको साथीले पोखराको घडेरी पास गर्नुहोस्, पैसा तिर्नु पर्दैन भनेर भाइ र मेरो नाममा घडेरी पास गराइदिए, जग्गा कस्तो छ देखेको पनि छैन्, लालपुर्जा पनि उनीहरूले नै राखे,” बेनपा–२ की शोभा घिमिरेले भनिन्, “पोखराको मालपोतमा जग्गा पास गरेको भोलिपल्टै बेनीको पश्चिमाञ्चल फाइनान्समा बोलाएर कागजमा सहीछाप गरीदिए मात्र हुन्छ भने, त्यसै गरेर घर गए । अहिले अदालतले घरमा पत्र पठाएपछि मात्रै हामीलाई प्रयोग गरेर फसाएको थाहा भयो ।”

हाल कुमारी बैंकसँग गाभिएको तत्कालीन पश्चिमापञ्चल फाइनान्सको बेनी शाखाबाट घिमिरेलाई जस्तै गरी गिरोहले ४९ जनाको नाममा जग्गा धितो राख्न लगाएर उनीहरूको नाममा ऋण निकालेर प्रयोग गरेको पीडितले गुनासो गरेका छन् । पोखराको हेम्जा, लेखनाथ लगायतका ठाउँमा घरजग्गा कारोबार गर्ने सो गिरोहले एक जनाको नाममा ८ देखि ९ लाख रुपैयाँ सम्म ऋण निकालेको छ । पश्चिमाञ्चल फाइनान्सका तत्कालीन कामु कार्यकारी अधिकृत दीपक खनालले उच्च अदालत तुलसीपुर अन्तर्गतको वाणिज्य इजलास बुटवलमा दर्ता गरेको अभियोगपत्रमा ३ करोड ६० लाख १७ हजार १२२ रुपैयाँ हानी नोक्सानी गरेको उल्लेख छ ।
कारोबारबाट

Logo