अछाम
बाजुराको सदरमुकाम जोड्ने सडकको शिलान्यास ०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेका थिए । सो सडकको निर्माण कार्य सुस्त गतिमा भइरहेको थियो । "/>

मनमोहनले शिलान्यास गरेको सडक २३ वर्षपछि सम्पन्न हुँदै

मनमोहनले शिलान्यास गरेको सडक २३ वर्षपछि सम्पन्न हुँदै

केन्द्रबिन्दु
0
Shares

अछाम
बाजुराको सदरमुकाम जोड्ने सडकको शिलान्यास ०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेका थिए । सो सडकको निर्माण कार्य सुस्त गतिमा भइरहेको थियो । अछामको साँफेबगर र बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य सडकखण्डकोे काम २३ वर्षपछि मात्र अन्तिम चरणमा पुगेको छ । कछुवाको गतिमा निर्माण भएको सो पक्की सडक सदरमुकाम मार्तडी सम्म पुग्ने छ । बाजुरा प्रदेश ७ कै पक्की सडक सञ्जालले नजोडिएको जिल्ला पनि हो । २२ वर्ष अघि साँफे–मार्तडी सडकखण्डको काम अन्तिम चरणमा पुगेपछि स्थानीय निकै उत्साहित भएका छन् । कच्ची सडकमा जोखिमपूर्ण यात्रा गराउँदै आएका चालकहरू पनि पक्की सडक बनेपछि निकै उत्साहित बनेका छन् ।

अछामको साँफेबगर देखि मार्तडी सम्मको ५७ किलोमिटर सडकखण्ड मध्ये २९ किलोमिटर सडक ५ वर्षअघि नै कालोपत्रे भएको थियो । बार्जुगाढ देखि मार्तडी सम्मको २८ किलोमिटर सडक निर्माणका लागि भारतीय एक्जिम बैंकको ६८ करोडको ऋणमा ०७४ असारभित्र काम पूरा गर्ने सर्तमा ठेक्का सम्झौता भएको थियो । ०७१ जेठमा निर्माणको जिम्मा पाएको पियस कन्स्ट्रक्सनले बार्जुगाढ देखि मार्तडी सम्मको सडक म्याद थपेर ०७५ जेठ भित्र पूरा गर्ने गरी कामलाई तीव्रता दिएको छ । पियस कन्स्ट्क्सनका सह–इन्चार्ज प्रेम थापाले अब एक महिना भित्रै काम सकिने बताए ।
नयाँपत्रिकाबाट

Logo