धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरेको चौथो परियोजना सन्तपुर एकीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ ।
सन्तपुरमा आयोजित एक कार्याक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बस्ती हस्तान्तरण गरिन् । राष्ट्रपतिले बस्तीका सत्यनारायण माझीलाई चावी हस्तान्तरण गरेकी थिइन् ।
नमुनाबस्तीमा सुविधासम्पन्न ४७ वटा घर निर्माण गरिएका छन् ।
कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि बस्ती निर्माण गरिएको हो ।
करिब पाँच करोड ९६ लाखको लागतमा बस्ती निर्माण सम्पन्न गरिएको फाउण्डेशनले जनाएको छ ।
गत असोज ४ गते शिलान्यास गरिएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत निर्माण भएका छन् ।
राष्ट्रनिर्माणमा सहयोग गर्छुः धुर्मुस
बस्ती हस्तान्तरण कार्यक्रममा कलाकार सिताराम कट्टेल धुर्मुसले राष्ट्रनिर्माणमा जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताएका छन् ।
व्यक्ति इमान्दार नभए समृद्ध नेपाल शब्दमा मात्रै सीमित हुने भन्दै उनले भने, म पद र नाम होइन, काममा रमाउन चाहान्छु ।
यसैबीच उनले राज्यलाई समेत पुनर्निर्माणमा ढिलाई किन भइरहेको छ भन्दै प्रश्न समेत गरे ।
रौतहटको सन्तपुरमा निर्मित एकीकृत नमुना बस्ती हस्तान्तरण कार्यक्रममा उनले दुई वर्षमा १७ करोड रुपैयाँ असाधारण सहयोग जुटेर चारवटा बस्ती बनेको बताए ।
यो पनि पढ्नुहोस्
भाइ ‘जिग्री’ले अन्तर्वार्ता लिँदा दाइ ‘धुर्मुस’ भावुक ‘(भिडियो)
धुर्मुसले बताए ४७ घरका रोचक विशेषता (भिडियो सहित)
तस्वीर स्रोत: बाह्रखरी





























प्रतिक्रिया