काठमाडौं
पूर्वाधार अभावका कारण ११९ स्थानीय तहमा बैंक सञ्चालन गर्न नसकिने भएको छ । सिंहदरबारको अधिकार स्थानीय तहमा दिने सरकारी घोषणा अनुसार सबै स्थानीय निकायलाई बैंकिङ सञ्जालमा जोड्ने प्रयास गरिएको थियो । "/>

पूर्वाधार नभएका ११९ स्थानीय तहमा बैंक जान नसक्ने

पूर्वाधार नभएका ११९ स्थानीय तहमा बैंक जान नसक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
पूर्वाधार अभावका कारण ११९ स्थानीय तहमा बैंक सञ्चालन गर्न नसकिने भएको छ । सिंहदरबारको अधिकार स्थानीय तहमा दिने सरकारी घोषणा अनुसार सबै स्थानीय निकायलाई बैंकिङ सञ्जालमा जोड्ने प्रयास गरिएको थियो । तर कतिपय तहमा इन्टरनेट, विद्युत्, कार्यालय भवन लगायत पूर्वाधार अभावले बैंक स्थापना गर्न नसकिने भएको हो । ११९ स्थानीय तहमा शाखा खोल्न नसक्ने बैंकहरूले राष्ट्रबैंकलाई जानकारी गराएका छन् । २८२ स्थानमा बैंकिङ कार्यालय खोल्ने प्रक्रिया अघि बढेको छ ।

व्यवस्थापिका संसद्को विकास समितिले गत जेठ ३० गते स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । बैंक नहुँदा खाता खोल्न नसकिएको गुनासो स्थानीय तहबाट आएपछि समितिले सबै स्थानमा शाखा खोल्न निर्देशन दिएको थियो । समितिले निर्देशन दिँदा ७५३ स्थानीय तह मध्ये दुई सय ९६ मा मात्र बैंकिङ कार्यालय खुलेका थिए । मौद्रिक नीतिले समेत सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्‍याउने घोषणा गरेको थियो । राष्ट्र बैंकलाई बैंकहरूले स्थानीय तहमा कार्यालय खोल्ने प्रतिबद्धता गरे पनि पूर्वाधार तयार नभएका कारण बैंक अल्मलिएका छन् ।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले पूर्वाधार तयार नभएका र स्थान परिवर्तनका कारण बैंक खोल्न समस्या आएको जानकारी दिए । ‘पूर्वाधार तयार भएका स्थानमा जतिसक्दो छिटो जाने तयारी गरिरहेका छौं’, उनले भने, ‘बैंकले प्रतिबद्धता जनाएका कतिपय स्थानमा माओवादी द्वन्द्वमा विस्थापित भएका बैंक जाने क्रम पनि जारी छ । यस कारण पनि अलमल भएको हो ।
अन्नपूर्णबाट

Logo