मकवानपुर
प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा प्रदेशस्तरीय ७ वटै मन्त्रालय स्थापना भएर पूर्णता पाउँदैछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका ५ वटा मन्त्रालय स्थापना भइसकेको छ भने २ वटा मन्त्रालय मंगलबार स्थापना हुँदैछन् । "/>

प्रदेश ३ मा मन्त्रालयले पूर्णता पाउँदै, कर्मचारी भने काममा पुगेनन्

प्रदेश ३ मा मन्त्रालयले पूर्णता पाउँदै, कर्मचारी भने काममा पुगेनन्

केन्द्रबिन्दु
0
Shares

मकवानपुर
प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा प्रदेशस्तरीय ७ वटै मन्त्रालय स्थापना भएर पूर्णता पाउँदैछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका ५ वटा मन्त्रालय स्थापना भइसकेको छ भने २ वटा मन्त्रालय मंगलबार स्थापना हुँदैछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय शुक्रबार स्थापना गरिएको थियो भने आइतबार ३ वटा मन्त्रालय स्थापना गरिएको थियो । हेटौंडामा रहेका डिभिजन सहकारी कार्यालयको भवनमा भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, क्षेत्रीय वन निर्देशनालयको भवनमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवनमा सामाजिक बिकास मन्त्रालय स्थापना गरिएको हो।

प्रदेश नम्बर ३ को राख्न बाँकी भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय मंगलबारै श्रम कार्यालयको नयाँ भवनमा स्थापना गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव रमेशप्रसाद शिवाकोटीले बताए । प्राविधिक समस्या भएकाले मन्त्रालय सोमबार स्थापना गर्न नसकिएको भन्दै उनले भने– ‘निर्माणधिन भवन निर्माण कम्पनी (कन्ट्रयाक्टर) को स्वामित्वमा छ, मन्त्रालय स्थापना भए सरह हो, एउटा कोठाबाट भएपनि चलाउछौँ।’ उनका अनुसार स्थापना भएका र बाँकी सबै मन्त्रालयको भवनमा रंगरोग गर्ने, फर्निचर मिलाई कार्यालय ब्यवस्थित बनाउने कार्य धमाधम भइरहेको छ।

मन्त्रालय स्थापनामा निक्कै दौडधुप गरेपनि प्रदेश नम्बर ३ मा कर्मचारीको अभावमा समस्या देखिएको छ । ७ वटा मध्ये ५ वटा मन्त्रालय खडा गरिएपनि मन्त्रालयका सचिव सहितका कर्मचारी भने सोमबार सम्ममा निक्कै थोरै मात्र हेटौंडा आईपुगेका छन् । २ महिला सहित ५ जना उपसचिवहरु सोमबारै हेटौंडा आएका हुन् । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्रालय बाहेक बाँकी ६ मन्त्रालयका सचिव समेत आएका छैनन् ।
नागरिकबाट

Logo