४ बर्ष र ३४ बर्षको महिलालाई बलात्कार गर्ने पक्राउ

४ बर्ष र ३४ बर्षको महिलालाई बलात्कार गर्ने पक्राउ

केन्द्रबिन्दु
0
Shares

भक्तपुर, २२ माघ । भक्तपुरमा बलात्कारका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

४ वर्षीया एक बालिका र अर्की ३४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित श्री इँटा भट्टामा काम गर्ने महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सुर्खेत घर भई हाल श्री भट्टामा काम गर्ने ३८ वर्षीया कर्णबहादुर पुनलाई आज पक्राउ गरेको हो ।

तीन दिनअघि बलात्कारमा परेकी पीडितले जाहेरी दिएपछि फरार रहेका पुनलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

त्यसैगरी, चाँगुनारायण नगरपालिका–४ की ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर बुङ्मती स्थायी घर भई भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने १८ वर्षीय वसन्त तामाङलाई पक्राउ गरेको छ ।

तामाङले बालिकालाई जबरजस्ती बलात्कार गरेको पीडितका परिवारले प्रहरीलाई जाहेरी दिएपछि तामाङलाई पक्राउ गरिएको हो ।

Skip This
Skip This
Logo