काठमाडौं
नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो उत्पादन यामाहा एफजी २५ का राइडरहरुका लागि ‘एड्भेन्चरस’ तथा रोमाञ्चक ‘राइड आउट’को दोस्रो संस्करण आयोजना गरेको छ ।
कम्पनीका अनुसार यसपटक एफजी २५ राइडरर्सलाई यामाहाले आफ्नो नारायणघाट डिलर नविन अटोबाट उडरक भिल्लामा लगेको थियो । पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी २५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’ लगायतका सामुहिक टास्क दिइएको थियो ।
यो संस्करणमा उचित अधिकारी ‘अल्टिमेट स्ट्रिट फाइटर’ घोषित भए । कार्यक्रमको अन्तमा सबै राइडरहरुलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको थियो ।

‘राइडरहरुप्रति यामाहाले सधैं सहयोगी भाव राख्ने गरेको छ । आजको इभेन्ट हाम्रो लागि यादगार रह्यो । भविष्यमा पनि यामाहाले यसलाई निरन्तरता दिओस् भन्ने चाहन्छौं,’ सहभागी राइडर तथा भ्लगर आशिष काफ्लेले भने ।
अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी २५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ ।
मोटरसाइकलमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी २५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ ।
यसमा यामाहाको प्योटेन्टेड ‘ब्लुकोर’ इन्जिन रहेको छ जसले मोटरसाइकलको पर्फमेन्सलाई बढाउनुका साथै इन्धन खपतलाई न्युन गर्छ र यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको छ ।





























प्रतिक्रिया