युवा ज्योतिष हरिहर अधिकार क्वीन्सल्याण्ड इन्टरनेसनल ईन्स्टिच्युटको नेपालका लागी ब्राण्ड एम्बासडर भएका छन् ।

अस्ट्रेलियाको क्वीन्सल्याण्डको राजधानी ब्रिसबेनमा रहेको क्युआईआईले नेपालमा विभिन्न कोर्स गराउनुका साथै संस्थाका विभिन्न सेमिनार तथा गोष्ठीको प्रवर्धन तथा नेपाली युवा र संस्थाबीच समुन्वय गर्ने गर्दछ । "/>

ज्योतिष हरिहर अधिकारी क्वीन्सल्याण्डको ब्राण्ड एम्बासडर

ज्योतिष हरिहर अधिकारी क्वीन्सल्याण्डको ब्राण्ड एम्बासडर

केन्द्रबिन्दु
0
Shares

युवा ज्योतिष हरिहर अधिकार क्वीन्सल्याण्ड इन्टरनेसनल ईन्स्टिच्युटको नेपालका लागी ब्राण्ड एम्बासडर भएका छन् ।

अस्ट्रेलियाको क्वीन्सल्याण्डको राजधानी ब्रिसबेनमा रहेको क्युआईआईले नेपालमा विभिन्न कोर्स गराउनुका साथै संस्थाका विभिन्न सेमिनार तथा गोष्ठीको प्रवर्धन तथा नेपाली युवा र संस्थाबीच समुन्वय गर्ने गर्दछ ।

ज्योतिष हरिहर गत पुस २५ मा यसै उद्देश्यका लागि अस्ट्रेलिया आएका थिए । यस बीचमा अस्ट्रेलियाको शिक्षा, रहनसहन र अन्तर्राष्ट्रिय विद्यार्थीको जीवनबारे अध्ययन गरे । क्वीन्सल्यान्ड राज्य र यसका प्रमुख ठाउँ घुमेर यहाँको खानपान तथा रहनसहन एवं यस शैक्षिक संस्थाको बारेमा क्रिस्टल क्लियर भएपछि मात्रै प्रस्ताव स्वीकार गरेका उनले बताए ।

‘म पैसाकै लागि विषको प्रवर्धन गर्न सक्दिनँ । तर अमृतको प्रवर्धन गर्न पैसा नै चाहिन्छ भन्ने छैन,’ कार्यक्रममा उनले भने, ‘नेपाली विद्यार्थी र यस शैक्षिक संस्थाबीच एक पुलको भूमिकामा जुट्न पाउँदा म प्रसन्न छु ।’

 

Logo