काठमाडौं

पछिल्ला तीन महिनामा अध्ययन, अवलोकन, अनुभव साटासाट, सिकाइ, सांस्कृतिक अवलोकन, पर्यटन प्रवद्र्धन लगायतका शीर्षकमा १ हजार १२० जना सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन् । "/>

३ महिनामा ११ सय भन्दा वढी सरकारी कर्मचारी विदेश

३ महिनामा ११ सय भन्दा वढी सरकारी कर्मचारी विदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पछिल्ला तीन महिनामा अध्ययन, अवलोकन, अनुभव साटासाट, सिकाइ, सांस्कृतिक अवलोकन, पर्यटन प्रवद्र्धन लगायतका शीर्षकमा १ हजार १२० जना सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन् । खासगरी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आचारसंहिता लागू भएको अवधिमा यी भ्रमण भएका छन् ।

आन्तरिक स्रोतले नियमित खर्च पनि धान्न नसकी सरकार ऋणमा चलिरहेको अवस्थामा सरकारी कर्मचारी करोडौं रुपैयाँ खर्चेर विदेश सयरमा निस्केका हुन् । ‘कात्तिक १५ गते देखि माघ १५ गते सम्म तीन महिनाको अवधिमा कुल १ हजार १२० कर्मचारीले विदेश भ्रमण गरेको विवरण प्राप्त भएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतले भन्यो, ‘यो भ्रमणका लागि ७८ करोड भन्दा बढी रुपैयाँ खर्च भएको छ ।’

निर्वाचन आयोगले गत भदौ १४ गते देखि मंसिर २१ गते सम्म प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू गरेको थियो । यस अवधिमा नेपालले सहभागिता जनाउनै पर्ने बाहेक अन्य कार्यक्रमको बाहानामा कर्मचारीलाई विदेश भ्रमण नगर्न आयोगले भनेको थियो तर यही अवधिमा सबैभन्दा बढी सरकारी कर्मचारी विदेश भ्रमणमा गएका छन् । ‘निर्वाचन आयोगको आचारसंहिताले पनि काम गरेको देखिएन । कर्मचारी अनावश्यक कार्यक्रममा सहभागी हुन सबैभन्दा बढी यही अवधिमा गएका छन्,’ स्रोतले भन्यो ।
नागरिकबाट

Skip This
Skip This
Logo