काठमाडौं ।

चन्द्र भण्डारी, गगन थापासहितका सात युवा नेताहरुको पार्टी सुदृढिकरण अभियान निष्क्रिय भएपछि कांग्रेसमा अर्का सात भाइ सक्रिय भएका छन् । "/>

कांग्रेसमा अर्का ‘सात भाइ’ सक्रिय

कांग्रेसमा अर्का ‘सात भाइ’ सक्रिय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चन्द्र भण्डारी, गगन थापासहितका सात युवा नेताहरुको पार्टी सुदृढिकरण अभियान निष्क्रिय भएपछि कांग्रेसमा अर्का सात भाइ सक्रिय भएका छन् ।

चुनावमा अप्रत्यासित नतिजा भोग्नुपरेको भन्दै सात जना कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सुदृढीकरणका लागि जिल्ला दौडाहा सुरु गरेका छन् ।

जिल्ला सभापतिहरूले पार्टी नेतृत्वको चरम लापरवाही बढ्दै जाँदा पार्टीको संगठन र कार्यकर्तासमेत विचलित भएकाले संगठन सुदृढीकरणका लागि जिल्ला–जिल्ला पुगेर साझा धारणा बनाउन लागेका हुन् ।

टोलीमा ताप्लेजुङ सभापति लीला बोखिम, पाँचथर सभापति नरेन्द्रकुमार केरुङ, रोल्पा सभापति अमरसिंह पुन, प्युठान सभापति अमरप्रसाद भण्डारी, गुल्मी सभापति भुवनप्रसाद श्रेष्ठ, तेह्रथुम सभापति गोविन्द ढुंगाना र संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ छन् ।

ताप्लेजुङदेखि रोल्पासम्मका सात जिल्ला सभापतिले सबै जिल्ला सभापतिको साझा धारणा बनाई पार्टीलाई सुदृढीकरणका लागि अभियान थालेका हुन् ।

रोल्पा सभापतिसमेत रहेका बहालवाला राज्यमन्त्री पुनले देश संघीयतामा जाँदै गर्दा पार्टी केन्द्रीय समितिले जिल्ला कार्यसमितिको अधिकार खोसेर पार्टीको जिल्ला र स्थानीय तहका संगठनलाई अपहेलना गरेको आरोपसमेत लगाए ।

Logo