वीरगन्ज
ठोरी गाउँपालिकाले केन्द्र घ्याङ्डाँडामा सार्ने निर्णय गरेको विरोधमा सुवर्णपुरका स्थानीयले पाँच दिन देखि प्रदर्शन गरिरहेका छन् । "/>

केन्द्र सार्न नदिन ठोरीमा पाँच दिन देखि प्रदर्शन

केन्द्र सार्न नदिन ठोरीमा पाँच दिन देखि प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज
ठोरी गाउँपालिकाले केन्द्र घ्याङ्डाँडामा सार्ने निर्णय गरेको विरोधमा सुवर्णपुरका स्थानीयले पाँच दिन देखि प्रदर्शन गरिरहेका छन् । स्थानीय र गाउँपालिका बीच अझै वार्ताको पहल हुन सकेको छैन । प्रथम गाउँ परिषद्ले गत १५ माघमा ठोरी वडा नम्बर–५ सुवर्णपुरमा रहेको केन्द्र वडा नम्बर ४ घ्याङ्डाँडामा सार्ने निर्णय गरेको थियो । त्यसको विरोधमा उत्रिएका सुवर्णपुरवासीले गाउँपालिकाको कार्यालयमा समेत तालाबन्दी गरेका छन् । १० जना जनप्रतिनिधिको असहमति हुँदाहुँदै पनि गाउँपालिका प्रमुखले एकलौटी केन्द्र सार्ने निर्णय गरेको संघर्ष समितिले आरोप लगाएको छ ।

विरोधमा उत्रिएका स्थानीयले वीरगन्ज–ठोरी सडक खण्डमा सवारी साधन सञ्चालन हुन दिएका छैनन् । बजार पनि पूर्ण रूपमा बन्द छ । बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले शनिबार दिउँसो एउटा गाडीमा तोडफोड गरेका छन् । स्थानीयको इच्छा र भावना विपरीत सेवा केन्द्र सार्ने निर्णय भएकाले विरोधमा उत्रनु परेको संघर्ष समितिका अध्यक्ष सुन लामाले बताए । ‘सरकारले नै तोकेको केन्द्रलाई गाउँपालिका प्रमुखले एकलौटी ढंगले परिवर्तन गर्न खोजेका छन्,’ अध्यक्ष लामाले भने ‘वार्ता र संवादमा नआएर अध्यक्ष भाग्न खोज्नु भएको छ, हामी निर्णय फिर्ता गराएरै छाड्छौँ ।’
नयाँपत्रिकाबाट

Logo