क्यालिफोर्नियाका मिली र मार्कसको प्रेमकथा अनौठो छ । दुबै जब स्कुलमा थिए, त्यसबेला उनीहरुको पहिलो भेट भएको थियो । कलेज लाइफसम्म आइपुग्दा उनीहरुको दोस्ती प्रेममा बद्लियो । "/>

गबजः यी जोडीको किन भयो यस्तो घरबार ?

गबजः यी जोडीको किन भयो यस्तो घरबार ?

केन्द्रबिन्दु
0
Shares

क्यालिफोर्नियाका मिली र मार्कसको प्रेमकथा अनौठो छ । दुबै जब स्कुलमा थिए, त्यसबेला उनीहरुको पहिलो भेट भएको थियो । कलेज लाइफसम्म आइपुग्दा उनीहरुको दोस्ती प्रेममा बद्लियो । २७ बर्षको उमेरमा दुबैले बिहे गरे । तर, बिहेपछि हनिमुनबाट दुबैले घर नफर्कने निर्णय गरे ।

दुबैले एक स्कुल बसमा जिन्दगीको यात्रा तय गर्ने निश्चय गरे । स्कुल लाइफका यी प्रेमी अब स्कुल बसमा सारा विश्व घुमेर जिन्दगी बिताइरहेका छन् । उनीहरुले मिलेर बसभित्र बेडरुम, ट्वाइलेट, किचन पनि बनाएका छन् । यहि बसमा उनीहरु एरिजोना, म्याक्सिको, बेलाइज, कोस्टारिका र सेल्भाडोरको यात्रा तय गरिसको छन् ।

बिवाहअघि दुबै घुम्नमा सौखिन थिए । बसलाई घरको रुपमा सजाउनुअघि दुबैले २०१५ मा दुई महिना अष्ट्रेलिया घुमेर विताएका थिए ।

हनिमुनपछिको यात्रा

२०१७ मा बिवाह गरेपछि तीन दिनपछि उनीहरुले आफ्नो बसलाई मोडिफाइ गर्न सुरु गरे । त्यसमा मिनी बेड, सिंक, ट्वाइलेट, फ्रिज, एसि फिट गरिदिए ।

यस्तो छ इन्टेरियर

यस स्कुल बसको इन्टेरियर घर जस्तै छ । भित्री वालमा उनीहरुले विश्वको नक्सा टागेका छन् ।

इन्टाग्राममा हजारौं फलोअर्स

आफ्नो यो अनौठो जीवनलाई उनीहरुले इन्स्टाग्राममार्फत सेयर गर्छन् । त्यहा“ उनको हजारौं फलोअर्स छन् । ति फलोअर्सले रिलेसनशिपको विषयमा टिप्स माग्ने गर्छन् ।

 

Logo