काठमाडौँ । नेपाली सेनाको भैरवनाथ गणमा भएको बिस्फोटमा ६ जना घाइते भएका छन् । शुक्रबार बिहान तालिमका क्रममा भएको बिस्फोटमा परि घाइते हुनेमा चार जना महिला सैनिक रहेका छन्।
घाइते हुनेहरुमा २० वर्षीया शर्मिला कार्की, शुषमा कुमाल, १९ वर्षीया राजमाया घले र दीपिका बस्नेत रहेका छन् त्यस्तै सैनिक विक्रम पाण्डे र पुरुषोत्तम ठकुरी पनि घाइते भएका छन्। यीमध्ये दीपिका बस्नेतको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइते सबैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।





























प्रतिक्रिया