काठमाडौं ।

बिहीबार नेपाल आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । "/>

प्रचण्ड र स्वराजबीच सोल्टी होटलमा भेटवार्ता

प्रचण्ड र स्वराजबीच सोल्टी होटलमा भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बिहीबार नेपाल आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्ड र स्वराजबीच सोल्टी होटलमा भेटवार्ता भएको हो । यसअघि बिहीबार सोल्टीमै एमाले अध्यक्षसँग छुट्टै भेट गरि अन्य नेता तथा मधेसी दलहरुसँग पनि स्वराजले भेट गरेकी थिइन् । भेटमा पछिल्लो राजनीतिक अवस्था र अपसी हितका विषयमा छलफल भएको बताइएको छ ।

आज नै स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता कार्यतालिका रहेको छ ।

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न उनी आफू बस्दै आएको होटल सोल्टीबाट ११ः५५ बजे शितल निवास प्रस्थान गर्नेछिन् । शितल निवासबाट १२ः ३० मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जाने दुतावासले जनाएको छ । स्वराज ३ बजे स्वदेश फर्किने छिन् ।

Logo