काठमाडौं
संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक सञ्चालनका लागि तयारी पूरा भएको छ । भौतिक पूर्वाधार, आन्तरिक व्यवस्थापन सहित समग्र पक्षको तयारी सकिएको संसद सचिवालयले जनाएको छ । "/>

पूरा भयो संघीय संसद भवनको तयारी, के के छन् तयारीमा ?

पूरा भयो संघीय संसद भवनको तयारी, के के छन् तयारीमा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक सञ्चालनका लागि तयारी पूरा भएको छ । भौतिक पूर्वाधार, आन्तरिक व्यवस्थापन सहित समग्र पक्षको तयारी सकिएको संसद सचिवालयले जनाएको छ । सचिवालयका प्रशासन महाशाखा प्रमुख एवम् सह–सचिव सुरज कुमार दुराले बैठकका लागि माइक व्यवस्थापन बाहेक सबै पक्षको तयारी सकिएको जानकारी दिए । संसद सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव हरिहर पोख्रेलका अनुसार बैठक भवन व्यवस्थापनका लागि पाँच वटा टेन्डर भएका थिए ।

माइक जडान र अडियो भिडियो रेकर्डिङ, राष्ट्रियसभाको मञ्च निर्माण र व्यवस्थापन, दुवै सभाका लागि कार्पेट बिछ्याउने, पोलिसिङ गर्ने र कुर्सी मिलाउने तथा राष्ट्रिय सभाका लागि शौचालय निर्माणका लागि टेन्डर खुलाइएको थियो । कुर्सीसँगै पर्दा र कार्पेटको रङ पनि एकै खालको रहेको छ । प्रतिनिधिसभा भित्र सबै सांसदलाई टेबुल सुविधा भने दिइएको छैन । कुनै विधेयक पास गर्नु परे केही सांसदले टेबुल ठोक्ने छन् भने बाँकीले थपडी बजाउनु पर्ने अवस्था देखिएको छ ।

दुराले प्रतिनिधिसभा सदस्यका लागि आकाशे निलो र राष्ट्रियसभाका सदस्यका लागि रातो कभर भएका कुर्सी रहने जानकारी दिए । प्रतिनिधिसभाको बैठक पहिलेकै सगरमाथा हलमा र राष्ट्रियसभाको बैठक नुत्से हलमा बस्नेछ । दुवै बैठक सँगै बस्नु परेमा प्रतिनिधिसभाकै हलमा बस्ने व्यवस्था मिलाइएको छ । ३ वटा गेटबाट संसद भवन भित्र प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । १ नम्बर गेटबाट प्रधानमन्त्री, सभामुख, मन्त्री र शीर्ष नेताहरू प्रवेश गर्नेछन् भने २ र ३ नम्बर गेटबाट सांसदहरू प्रवेश गर्नेछन् । ३ नम्बर गेटबाट पत्रकार, दर्शक र कर्मचारी प्रवेश गर्नेछन् ।

पोख्रेलका अनुसार वार्षिक १५ करोड रूपियाँ तिर्ने गरी संसद भवन भाडामा लिइएको छ । यसअघि वार्षिक साँढे १० करोड तिर्नु पर्दथ्यो। उक्त रकममा १३ प्रतिशत कट्टा गरी वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति सचिवालयलाई बुझाउनु पर्छ । सम्मेलन केन्द्र शहरी विकास मन्त्रालय अन्तर्गत रहेको छ । २ वर्षमा १० प्रतिशत भाडा बढ्दै आएकोमा अब ३ वर्षमा मात्र भाडा बढाउने सहमति भएको छ । यसअघि वार्षिक साँढे १० करोड तिर्नु पर्दथ्यो ।
नेपाल समाचारपत्रबाट

Logo