जनकपुरधाम
माघ २१ गते हुने प्रदेश नं २ को प्रदेशसभाको पहिलो बैठकलाई व्यवस्थित, मर्यादित र सङ्घीय संसदीय मूल्यमान्यताको परिधि भित्र रही सञ्चालन गर्ने बारे सर्वदलीय बैठक सम्पन्न भएको छ । "/>

प्रदेश नं २ को पहिलो बैठक माघ २१ गते, यस्तो छ तयारी

प्रदेश नं २ को पहिलो बैठक माघ २१ गते, यस्तो छ तयारी

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम
माघ २१ गते हुने प्रदेश नं २ को प्रदेशसभाको पहिलो बैठकलाई व्यवस्थित, मर्यादित र सङ्घीय संसदीय मूल्यमान्यताको परिधि भित्र रही सञ्चालन गर्ने बारे सर्वदलीय बैठक सम्पन्न भएको छ ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थिति र प्रदेशसभाका ज्येष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा भएको सो बैठकमा मर्यादापालक र प्रदेशसभा सदस्यको पोशाक, भाषा, सिट निर्धारण, अध्यक्षमण्डलको मनोनयन, अन्तरिम कार्यविधि, दर्शक र विशेष पास, नियमावली मस्यौदा समिति गठन, कार्य व्यवस्था परामर्श, सभामुखको निर्वाचन, परिचयपत्र र प्रतीक चिह्न लगायत विषयमा छलफल भएको थियो ।

सङ्घीय संसद सचिवालयबाट प्रदेशसभालाई व्यवस्थित र सहयोग गर्न यहाँ आउनु भएका टोलीका नेतृत्वकर्ता वंशीराज पौडेलले बैठकले प्रदेशसभा सदस्यलाई कलेजी रङको कोट, बण्डी वा प्रदेशको मौलिक पहिरन र मर्यादापालकलाई सफारी सुट निर्धारण गरेको जानकारी दिए ।

सरकारबाट प्रदेशसभाका लागि खटाइएका ३८ कर्मचारी नआएका कारण तत्काल स्थानीय कर्मचारीलाई नै प्रशिक्षित गरी प्रदेशसभा सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि ०७४ को मस्यौदा विस्तृत अध्ययन गरी अर्को सर्वदलीय बैठकमा प्रस्तुत गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा दलका प्रतिनिधि र प्रदेशसभा सदस्यको समेत सहभागिता थियो । कार्यसूचीलाई अन्तिम रूप दिन अर्को सर्वदलीय बैठक माघ २० गते बस्ने जनाइएको छ ।
रासस

Logo