इरानको कानुनले विशव समुदायलाई नै चकित बनाएको छ । इरानको कानुन बुझ्न सबैको बसमा छैन् । यहाँ सबैभन्दा धेरै कानुन महिलाहरुका लागी लगाइएका छन् । "/>

इरानः यहाँ आफ्नै छोरीसँग विवाह गर्न पाउने कानुन छ !

इरानः यहाँ आफ्नै छोरीसँग विवाह गर्न पाउने कानुन छ !

केन्द्रबिन्दु
0
Shares

इरानको कानुनले विशव समुदायलाई नै चकित बनाएको छ । इरानको कानुन बुझ्न सबैको बसमा छैन् । यहाँ सबैभन्दा धेरै कानुन महिलाहरुका लागी लगाइएका छन् । त्यहाँको कानूनले हात मिलाउनदेखि यौन सम्पर्क गर्नसम्म धेरै किसिमका बन्देज लगाउने गरेको छ ।

इरानमा २०१३ मा पास भएको एउटा कानून एकदमै विवादित छ जसले सिङ्गो मानव समुदाय र मानवताकै शिर झुकाउँछ । त्यस विवादित कानून अन्तर्गत इरानमा कुनैपनि बुवाले आफ्नी धर्मपुत्रीलाई विवाह गर्नसक्छन् । मात्र छोरीको उमेर कम्तीमा १३ वर्ष पुगेको हुनुपर्छ । यद्यपी यो कानुनको तिब्र विरोध भइरहेको छ ।

त्यहाँका महिलाहरुलाई परपुरुषसँग हात मिलाउन कानूनले प्रतिबन्ध लगाएको छ । यदि सार्वजनिक स्थलमा कुनैपनि महिलालाई कुनैपनि परपुरुषसँग हात मिलाएको पाइएमा उसलाई गिरफ्तार गर्न सकिन्छ । इरानमा हिजाब नलगाउने महिलाहरुलाई दुई महिनासम्म जेल सजाय त्यहाँको कानूनले तोकेको छ ।

त्यहाँको कानून अनुसार जनावरहरुसँग यौनसम्पर्क गर्नु अपराध ठहरिनेछ । इरानमा महिलाहरुलाई टाइट कपडा लगाउन प्रतिबन्ध लगाइएको छ । त्यहाँ सुटमा टाई लगाउन पनि प्रतिबन्ध छ । साथै इरानमा महिलालाई आफ्नो श्रीमानको स्वीकृती बिना कुनैपनि पेशा अंगाल्न त्यहाँको कानूनले रोक लगाउँछ ।

त्यस देशमा कुनैपनि खेल मैदान वा स्टेडियममा गएर पुरुषको खेल हेर्न महिलालाई कानूनले प्रतिबन्ध लगाएको छ । इरानमा महिलालाई पतिको यौन प्रस्ताव अस्विकार गर्ने अधिकार त्यहाँको कानूनले दिएको छैन ।

पुरुषबाट अन्यायपूर्ण व्यवहारको बावजूदपनि त्यहाँको महिलालाई सम्बन्ध बिच्छेदको अधिकार छैन, तर पुरुषले सम्बन्ध विच्छेद गर्न चाहेको खण्डमा मात्र त्यहाँ सम्बन्धलाई कानूनीरुपमा विच्छेद गरिन्छ ।

Logo