काठमाडौं
नेपाली कामदारका लागि मलेसिया पछि राम्रो गन्तव्य मानिएको साउदी अरबको रोजगारी धरापमा पर्ने अवस्था आएको छ । "/>

साउदी अरबमा बेरोजगारी वढ्यो , नेपाली कामदारको रोजगारी धरापमा !

साउदी अरबमा बेरोजगारी वढ्यो , नेपाली कामदारको रोजगारी धरापमा !


काठमाडौं
नेपाली कामदारका लागि मलेसिया पछि राम्रो गन्तव्य मानिएको साउदी अरबको रोजगारी धरापमा पर्ने अवस्था आएको छ । साउदी सरकारले विकास निर्माणको बजेट कटौती सहित भिजन २०३० सार्वजनिक गरेसँगै नेपाली कामदारले साउदीमा पाउँदै आएको रोजगारी क्रमसः गुम्दै गएको छ । साउदीमा हाल १२ प्रतिशत जनसंख्या बेरोजगारी छ ।

सरकारले सन् २०३० भित्र देशको १२ प्रतिशत बेरोजगारीलाई पाँच प्रतिशतमा झार्ने भन्दै गरेको निर्णयको प्रत्यक्ष असर नेपाली कामदारमा परेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन् । साउदीमा सञ्चालित बहुराष्ट्रिय कम्पनीले हाल विदेशी कामदार कटौती गरिरहेका छन् । साउदी सरकारले पछिल्ला दुई वर्ष देखि विकास निर्माण भन्दा बढी सिमा सुरक्षामा रकम विनियोजन गरिरहेको छ । यसका कारण साउदी अरबमा लामो समय देखि सञ्चाल भइरहेका बहुराष्ट्रिय कम्पनी धमाधम बन्द भइरहेका छन् ।  नेपाल बाट सबैभन्दा बढी कामदार भौतिक संरचना निर्माणमै जाने गरेका छन् । साउदी सरकारले आफ्नो देशका युवाको बेरोजगारी घटाउन हरेकक्षेत्रमा अनिवार्य रूपमा १० प्रतिशत कामदार आफ्नै देशको हुनु पर्ने भन्दै लागू गरेको नियमका कारण पनि रोजगारीमा संकट आएको संघका निवर्तमान प्रथम उपाध्यक्ष कुमुद खनाल बताउँछन् । नेपालीका कामदारका लागि लामो समय देखि साउदी अरब दोस्रो गन्तव्यको रूपमा थियो । तर सन् २०१७ देखि भने यो चाथौ गन्तव्य बनेको छ।
अन्नपूर्णबाट

 

Logo