भनिन्छ, महिलाहरुको मन धेरै कोमलो हुन्छ । उनिहरु खुसी हुँदा होस् या दुःखी हुँदा आँशु खसालीहाल्छन् । तर महिलाहरुको कन यति चाँडो आँशु खस्छ ? त्यसो त प्याज काट्दा आँसु किन आउँछ, गोहीले पनि किन आँसु बगाउँछ भन्ने प्रश्न तपाईमा उठ्न स्वभाविक हो । "/>

पुरुषभन्दा महिलाहरुको आँशु चाँडो खस्छ, किन ? यस्तो छ बैज्ञानिक कारण

पुरुषभन्दा महिलाहरुको आँशु चाँडो खस्छ, किन ? यस्तो छ बैज्ञानिक कारण

केन्द्रबिन्दु
0
Shares

भनिन्छ, महिलाहरुको मन धेरै कोमलो हुन्छ । उनिहरु खुसी हुँदा होस् या दुःखी हुँदा आँशु खसालीहाल्छन् । तर महिलाहरुको कन यति चाँडो आँशु खस्छ ? त्यसो त प्याज काट्दा आँसु किन आउँछ, गोहीले पनि किन आँसु बगाउँछ भन्ने प्रश्न तपाईमा उठ्न स्वभाविक हो । जब तपाईले कारण थाहा हुनेछ तब तपाई आश्चर्यमा पर्नु हुनेछ ।

महिला पुरुषको तुलनामा बढी रुन्छन् । महिलाको आंसुसँग सम्बन्धित ग्ल्याण्ड पुरुषको तुलनामा बढी सक्रिय हुन्छ । यिनको बनावट पनि अलग अलग हुन्छ । यसैकारणले महिलाको आँखामा आँसु बढी आउँछ । द टेलीग्राफमा प्रकाशित जर्मन शोधमा यो कुरा उल्लेख गरिएको छ ।

शोधकर्ताहरुले भनेका छन्, महिलाको आँखामा आँशु एक महिनामा करीब ५.३ पटक आउँछ जबकि पुरुषको आँखामा १.४ पटक मात्र आउँछ । एक पटकमा महिला ६ मिनेट सम्म रुन्छन् । तर पुरुषको रुने अवधी सामान्यतया २ देखि ४ मिनेटको मात्र हुन्छ ।

त्यसैगरी प्याज काट्दा आँशु आउनुको कारण प्याजबाट आउने सिन —प्रोपेनिथियल—एस—अक्साइड हो । यसले हाम्रो लैक्रिमल ग्ल्याण्डमा असर गर्छ र आँसु आउन शुरु हुन्छ ।

रुँदा आँखाबाट आँशुमात्र होइन नाकबाट सिगान पनि आँउछ । त्यसो हुनुको कारण चाँहि आँशु हाम्रो श्वास नलिमा प्रवेश गर्नु हो । आँसु बढी आएमा श्वास नलिमा प्रवेश गर्छ र नाकबाट सिगान बग्न शुरु हुन्छ ।

यूनिभर्सिटी अफ फ्लोरिडाका बैज्ञानिकहरुका अनुसार गोहीको आँखाबाट आँसु आउनुको कारण गोही रुनु होइन् । उनीहरुका अनुसार गोहीको आँखाबाट २४ घण्टा नै आँसु आँउछ र यस्को कारण उसको आँखाको बनोट हो ।

Logo