चीन अहिले अहिले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकका रुपमा चिनिन थालेको छ । चीनले गरेको अपत्यारिलो विकास र निर्माण गरेका प्रविधिले अहिले विश्वसमुदायलाई अचम्मित बनाएको छ ।
विश्वका हरेक मुलुकमा चीनको उत्पादनले स्थान पाएको छ । पछिल्लो समय चीनले एउटा यस्तो उत्पादन बजारमा ल्याएको छ, जसले तपाई हाम्रो बच्चालाई केही सिकाउँछ । “बच्चा काँचो माटो जस्तै हो जता ढाल्यो त्यतै ढल्ने ।” यहि भनाई मेल खाने गरि चीनले बच्चाहरुको एउटा परम्परागत पोसाक तयार गरेको छ । जो एकदमै चकित तुल्याउने किसिमको छ । त्यहाँ बच्चाहरुलाई लगाईदिइने ‘कई डांग कू’ भनिने एकप्रकारको पेन्ट हो जसको पछिल्लो भागमा ठूलो प्वाल हुन्छ । यसबाट बच्चाहरुको नितम्ब स्पष्ट देखिन्छ ।
यस प्रकारको कपडा चीनमा बच्चाहरुलाई हिँडडूल गर्न सहज होस् भनी परम्पराबाट नै लगाइदिने गरिन्छ । पछिल्लो समय चीनमा यस किसिमको पोसाकको प्रयोग कम भएको पाइन्छ । तर यसको चलन पूर्णरुपमा हराएको भने हैन ।
यस्ता पोसाकलाई देखेर बाहिरका मानिसहरु त्यसलाई असल चलनको रुपमा लिदैँनन् । उनीहरु त्यसले बच्चालाई अझ असहज बनाउने बताउँछन् । चिनियाँहरु यस्तो पोसाक बच्चाहरुलाई लगाईदिँदा उनीहरु चाढो आफै शौच गर्न सिक्ने बताउँछन् । उनीहरुको अनुसार डाइपर लगाउने बच्चाहरुलाई ति कार्य आफै सिक्न धेरै समय लाग्छ । चीनमा तीन चार महिनाकै अवस्थामा बच्चाहरुलाई आफै शौच गर्न सिकाइन्छ ।
चिनियाँ बच्चाहरुको यसप्रकारको पोसाकले मानिसहरुको ध्यान यति धेरै केन्द्रित गरेको छ कि इन्टरनेटमा यस विषयमाथि छलफल गर्न आधिकारिक फोरम नै बनाइएको छ ।
यस प्रकारको कपडाको लोकप्रियता धेरै हदसम्म भएकोले त्यहाँका बजारहरुमा बच्चाको लागि बिना दुलोको कपडा पाउन गाह्रो छ ।
यसप्रकारको पोसाक बच्चाहरुलाई लगाईदिए पछि उनीहरुलाई शौच गर्न एकदमै सजिलो हुन्छ । जसले गर्दा उनीहरु आफ्नै इच्छा र आवश्यकता अनुसार जहाँतही शौच गर्छन् । यसले घर तथा अन्य सार्वजनिक स्थलहरु फोहोर र दुर्ग्न्धित बनाउने समस्या हुन्छ ।





























प्रतिक्रिया