बेलायतमा अचम्मको घटना घटेको छ । त्यहाँ धुमधामसँग एक बैवाहिक समारोह चलिरहेको थियो । त्यहाँ बेहुली नृत्य गर्न थालिन् । नृत्य गर्दागर्दै उनको बच्चा जन्मियो ।
उनी ९ महिना २ दिनको गर्भवती थिइन् । उनले आफ्नो बिवाहको दिन नै बच्चालाई जन्म दिइन् । त्यसबेला दुलहा पनि डान्स फ्लोरमा नाचिरहेका थिए । १९ बर्षिय डेनी माउटफोर्ड र १८ बर्षिय कार्लले योजना बनाएका थिए कि, डिसेम्बरमा बिहे गर्ने । उनीहरुले यतिबेला डेलिभरी हुन्छ भनेर अनुमान गरेका थिएनन् ।
द सन मा छापिएको समाचार अनुसार १८ डिसेम्बरमा डेनी आफ्नो वेडिङ ड्रेस लगाएर बिहेमा पुगेका थिइन । त्यसबेला उनको वाटर व्याग फाट्यो । बच्चा जन्मियो । उनले भनेकी छिन्, ‘आफ्नो हुनेवाला पतिसँग नाच्दा नाच्दै बच्चा जन्मियो । यो एकदमै ठूलो पुरस्कार हो ।’ त्यसबेला बिहेमा धेरै पाहुना आएका थिए ।
त्यहा उपस्थित सबै पाहुना अचम्मित भए । उनीहरुले सोचे कि, किन दुलहालाई आफ्नी हुनेवाला पत्नी गर्भवती छ भनेर थाहा भएन ?
दुलहीले बच्चा जन्माउने भएपछि तुरुन्तै एम्बुलेन्स बोलाइयो । उनलाई अस्पताल लगियो । उनीहरुको छोरी जन्मिएको छ । छोरीको नाम जेस्मिन राखिएको छ । बच्चा जन्मिएको बेला २ दशमलव ७ किलो तौलकी थिइन् ।































प्रतिक्रिया