काठमाडौँ

विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउने सरकारी महत्वाकांक्षी अभियान असफलप्रायः भएको छ । "/>

नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउन सकिएन : नास्ट

नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउन सकिएन : नास्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउने सरकारी महत्वाकांक्षी अभियान असफलप्रायः भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विदेशमा कार्यरत नेपाली वैज्ञानिकको सीप, दक्षता र अनुभव स्वदेशमा उपयोग गर्न भन्दै अघिल्लो वर्ष सुरु गरेको अभियान अन्तर्गत दुई जना मात्र वैज्ञानिक स्वदेश फर्केर काम गरिरहेका छन् । नास्टले पहिलोपटक ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ अभियान सञ्चालन गरेको थियो ।

सरकारको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत नास्टले अघिल्लो वर्षको अन्त्य तिर लोकप्रिय नारा दिएर सुरु गरेको यो कार्यक्रमले निकै चर्चा पाए पनि विदेशमा कार्यरत वैज्ञानिकलाई भने आकर्षित गर्न सकेन । नास्टले विदेशमा कार्यरत वा विदेशबाट फर्किएको एक वर्ष पूरा नभएका वैज्ञानिकलाई विज्ञानका क्षेत्रमा अनुसन्धानमा लगाउने जनाएको थियो । नास्टका अनुसार १९ जनाले आवेदन दिए पनि अन्तिममा चार जना मात्र छनोट गरिएको थियो । ती मध्ये दुई जना नास्टमै आएर काम गरिरहेका छन् भने दुई जना छनोट भए पनि नेपाल नफर्किएको नास्टले जनाएको छ । नास्टको कार्यक्रम अन्तर्गत एक दशक देखि दक्षिण कोरियामा कार्यरत डा. माधव न्यौपाने र डा. लक्ष्मी प्रसाद थापा फर्किएका हुन् ।

नास्टका उपकुलपति डा. जीवराज पोखरलले विदेशमा रहेका नेपाली वैज्ञानिकको क्षमतालाई उपयोग गर्ने नीति अनुसार यो कार्यक्रम सुरु गरिए पनि अपेक्षाकृत सफलता पाउन नसकेको स्विकारे । उनले भने, ‘उहाँहरूको सीप र अनुभवलाई आफ्नै देशमा उपयोग गर्ने उद्देश्यले कार्यक्रम सुरु गरेका थियौं, सोचे जस्तो परिणाम आएन ।’
अन्नपूर्णबाट

Logo