काठमाडौँ
गोकर्ण यज्ञडोल डाँडामा ६ सय ५० रोपनी सामुदायिक वनमा ‘राष्ट्रिय सहिद तथा निजामती पार्क’ बनाउन २०६८ सालमा शिलान्यास भएको थियो । "/>

सहिदपार्कका नाउँमा २७ करोड सकियो, देखिँदैन उपलब्धि !

सहिदपार्कका नाउँमा २७ करोड सकियो, देखिँदैन उपलब्धि !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
गोकर्ण यज्ञडोल डाँडामा ६ सय ५० रोपनी सामुदायिक वनमा ‘राष्ट्रिय सहिद तथा निजामती पार्क’ बनाउन २०६८ सालमा शिलान्यास भएको थियो । शिलान्यास पछि ६ वर्ष बित्दा त्यस डाँडामा २७ करोड ३२ लाख ८१ हजार रुपैयाँ सकिएको छ । सहिदका नामको पार्कमा संग्रहालय, पिरामिड, मूर्तिस्थल, पिकनिक क्षेत्र, शान्तिस्तूप, चैत्य, सार्वजनिक शौचालय, बगैंचा, पैदल मार्ग लगायत बनाउने योजना कागजमै सीमित छ ।

संग्रहालयको नाममा बनेको भवन जीर्ण भइसकेको छ । बगैंचाको नाममा फूल, बोटबिरुवा केही पनि रोपिएको छैन । भ्युटावरको नाममा केही फलाम ठड्याएर छाडिएको छ । बनाउँदा बनाउँदै छाडिएकाले फलाममा खिया लागि सकेको छ । सानाठूला गरी तीन वटा भवन छन् । एउटा भवनमा फलामका डन्डी मात्र ठड्याइएका छन् । सरकारले त्यस ठाउँमा सहिद पार्क बनाउने नाममा ४६ करोड ७१ लाख छुट्याएको थियो । अस्तव्यस्त देखिने सहिद पार्कको नाममा अहिले सम्म करिब ६० प्रतिशत बजेट सकिएको छ । सहिद दिवसका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि बनेर पुग्ने भनेपछि चार दिन अघि त्यहाँ पुग्दा स्मारक क्षेत्र वरिपरि सरसफार्इ भइरहेको थियो ।

यसैविच यस वर्षको सहिद दिवस मंगलबार (आज) परेको छ । हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । यसपटक सहिद दिवसका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन सहिद पार्क जाने कार्यक्रम छ । सहिद दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रममा उपराष्ट्रपति पुन सहभागी हुने द्वन्द्वोत्तर शान्ति तथा पुनर्निर्माण परियोजनाले जनाएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo