काठमाडौँ
फोटो पत्रकार क्लब नेपाल (पीजे क्लब) ले राष्ट्रपतिको कार्यक्रम बहिस्कार गर्ने भएको छ । नवनियुक्त प्रदेश प्रमुखको सपथग्रहणमा निजी सञ्चारमाध्यमका फोटोपत्रकार र क्यामेरा पर्सनलाई प्रवेश निषेध गरेका घटनालाई लिएर पीजे क्लबले राष्ट्रपतिको कार्यक्रम बहिस्कार गर्ने भएको हो । गत माघ ५ गते भएको प्रदेश प्रमुखको सपथ ग्रहणमा सरकारी सञ्चार माध्यमलाई मात्रै प्रवेश दिइएको थियो ।
पीजे क्लबले निजी र सरकारी सञ्चार माध्यम बीच विभेद हटाई राष्ट्रपति कार्यालयमा हुने कार्यक्रमको सहज वातावरण नबने सम्म राष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिका सम्पूर्ण कार्यक्रमको तस्बिर संकलन तथा समाचार सम्प्रेषणमा सहभागी हुन नसकिने जनाएको छ । उसले राष्ट्रपति कार्यालयले गरेको विभेदमा सहयोग गर्न निजी सञ्चार माध्यम र सम्पादकसँग आग्रह गरेको छ । यसै बीच पीजे क्लबले आइतबार सरकारी र निजी सञ्चार माध्यम बीचको विभेदको अन्त्य गर्न माग गर्दै ध्यानाकर्षण पत्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया