डोटी
डोटीका ग्रामिण क्षेत्रका स्थानिय तहमा इन्टरनेटको सुविधा नहुँदा गाउँमा बिस्तार गरिने भनिएका बैंक कार्यालयहरु बिस्तार हुन सकेका छैनन् । गाउँमा टेलीफोन तथा ईन्टरनेट सेवाको बिस्तार अहिले सम्म पनि नहुँदा बैंक लगायतका अन्य बिभिन्न कार्यालयहरु पनि गाउँमा जान नसकेका हुन् ।
नेपाल टेलिकम लगायत बिभिन्न निजीक्षेत्रका कम्पनीहरुले गाउँमा इन्टरनेटको सेवा बिस्तार गर्ने जनाए पनि अहिले सम्म कसैले पनि सेवा बिस्तारमा चासो नदेखाएको स्थानियको आरोप छ । इन्टरनेट सेवा बिस्तार नगरिंदा गाउँमा जाने भनिएका बैंक कार्यालयहरु पनि जान नसकेको कृषि बिकास बैंक डोटीका प्रबन्धक दीर्घ बहादुर शाहले बताए । उनले भने ‘गाउँमा नेट र टेलीफोनको सेवा बिस्तार नगरिएकाले बैंक बिस्तार गर्ने काम पनि अधुरै रहेको छ , फोन र नेटको ब्यबस्था गरिएको भए बैंक कार्यालय त जतिबेला पनि बिस्तार हुने अवस्थामा थिए ।’
डोटीका ९ वटा स्थानिय तह मध्ये जम्मा २ वटा स्थानिय तह (दिपायल सिलगढी नगरपालिका तथा जोरायल गाउँपालिकाको वडा न ३ बुडर बजार) मा मात्रै टेलीफोन तथा ईन्टरनेट सेवा पुगेको छ । ईन्टरनेट सेवा पुगेका यी दुई स्थानिय तहमा पनि सेवा खासै प्रभाबकारी नहुँदा बैंकिङ कारोबार गर्न तथा स्थानिय सेवाग्राहिलाई सेवा लिन निकै समस्या हुने गरेको जोरायल गाउँपालिका ३ बुडरका स्थानिय भरत कुँवरले बताए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया