बारा

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१७ मा रहेको एक प्राथमिक विद्यालयमा ७० जना बालबालिका शून्य पूर्वाधारमा अध्ययनरत छन् । "/>

यस्तो विद्यालय, जहाँ कुनै पूर्वाधार छैन, विद्यार्थी बोरा माथि बसेर पढ्छन् ..!

यस्तो विद्यालय, जहाँ कुनै पूर्वाधार छैन, विद्यार्थी बोरा माथि बसेर पढ्छन् ..!

केन्द्रबिन्दु
0
Shares

बारा

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१७ मा रहेको एक प्राथमिक विद्यालयमा ७० जना बालबालिका शून्य पूर्वाधारमा अध्ययनरत छन् । जिल्ला शिक्षा कार्यालय बाराले ०६६ सालमा विद्यालय सञ्चालनका लागि दिएको अनुमतिबाट जिल्लाको सहजनाथ साझेदारी वन क्षेत्रको चारकोसे झाडीमा स्थापना गरिएको विद्यालयमा अहिले प्रायः विपन्न र सुकुम्बासी परिवारका बालबालिका भर्ना भएका छन् ।

शिक्षा कार्यालयले विद्यालय सञ्चालनका लागि अध्ययन र अवलोकन नै नगरी अनुमति दिएका कारण ७० बालबालिका अहिले चिसोमा कष्टसाथ पठनपाठन गर्न बाध्य छन् । खरले छाएको सानो घरमा सबै कक्षाका बालबालिकाले घरबाटै ल्याएको बोरा र सुकुलको सहारामा कखरा चिन्दै आइरहेका छन् । विद्यालयमा कक्षा १ देखि ४ सम्मका बालबालिका एउटै कक्षामा पढ्न बाध्य छन् । जहाँ उनीहरू जीर्ण भवनमा बस्ने कुर्सी र कालोपाटीको समेत अभावमा भोलिको सुनौलो भविष्य खोजिरहेका छन् । चारवटा कक्षाका ७० बालबालिकालाई अहिले प्रधानाध्यापक लक्ष्मी चौधरी सहित एक कार्यालय सहयोगीले एउटै कक्षामा राखेर पठनपाठन गराउँदै आएका छन् ।

विद्यालयमा भर्ना भएका करिब ७० मध्ये प्रायः दुई दर्जन विद्यार्थी मात्र स्कुलमा नियमित पढ्न आउने गरेका छन् । यहाँ पढिरहेका विद्यार्थी पनि उज्यालो भविष्यको आसमा छन् । कक्षा २ मा पढ्ने राहुल पासवानले पढेर डाक्टर बन्ने लक्ष्य लिएका छन् । यता राहुल अध्ययनरत विद्यालयका प्रधानाध्यापक चौधरीले जिल्ला शिक्षा कार्यालयबाट बालविकास अनुदानमा आएको ६ हजार रुपैयाँ तलबमा केही समय देखि जिम्मेवारी सम्हाल्दै आएकी छन् । कक्षा १० सम्म अध्ययन गरेकी चौधरी जाडो भएकोले विद्यालयमा कहिलेकाहीँ मात्र पढाइ हुने भन्दै समय बिताउने काम भइरहेको उनी बताउँछिन् ।
राजधानीबाट

Logo