काठमाडौँ
आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतलमा अर्को मुद्दा दायर गरेको छ । "/>

चुडामणि शर्मा विरुद्ध विशेषमा अख्तियारको अर्को मुद्दा

चुडामणि शर्मा विरुद्ध विशेषमा अख्तियारको अर्को मुद्दा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतलमा अर्को मुद्दा दायर गरेको छ ।अख्तियारले विशेष अदालतमा सोमबार दर्ता गरेको मुद्दामा शर्माले सार्वजनिक पदमा बहाल रहँदा ४ करोड २९ लाख ५३ हजार १२४ रुपैयाँ स्रोत नखुलेको सम्पत्ती आर्जन गरेको अभियोग लगाइएको छ ।

शर्माले सरकारी नोकरी तथा शर्माका परिवारले विभिन्न आयमुलक क्षेत्र तथा सेयर बजारमा गरेको लगानीका आधारमा उनले ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ आम्दानी गरेको पनि अख्तियारले जनाएको छ । त्यही अवधिमा उनले सेयर लगानी लगायतका क्षेत्रमा समेत गरी ७ करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ खर्च गरेको मध्ये ४ करोड २९ लाख ५४ हजार ९ सय ६१ रुपैयाँ बराबरको सम्पत्तीको स्रोत नखुलेको दाबी पनि अख्तियारले गरेको छ ।

चुडामणि शर्मा र उनको परिवारको अस्वभाविक उच्च जीवनस्तर तथा आफ्नो हैसियत भन्दा बढी रकम आफ्नो, श्रीमती तथा छोराहरुको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा मौज्दात देखिएको छ, अख्तियारले भनेको छ, विभिन्न बित्तिय संस्था तथा कम्पनीका सेयर खरिद तथा लगानी गरेको पनि पाइएको छ । सवारी साधन खरिद एवं घर निर्माण तथा जग्गा लगायतका सम्पत्ति पनि किनेको देखिएको छ । शर्माले ४ करोड २९ लाख रुपैयाँ कमाएको स्रोत पुष्टि गर्न नसकेकाले गैर कानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएको अख्तियारले जनाएको छ ।

अन्नपूर्णबाट

Logo