काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायीहरुलाई वाम गठबन्धनको सरकार निर्माण भएको दिन दीपावली मनाउन सुझाव दिएका छन् ।
नेपाल चेम्वर अफ कमर्शका नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकार बनेको दिन दीपावली मनाउन व्यवसायीहरुलाई सुझाव दिएका हुन् । कार्यक्रममा ओलीले भने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकार बन्दैछ। त्यो दिन दिपावली मनाउनु। मिठाई चाहि सबैलाई पु-याउन नसकिएकला आफै किनेर खानुहोला।
“अब नेपाल तिब्र आर्थिक विकासमा अघि बढ्नुपर्छ । अहिलेको समय ठूला मुलुकले सानालाई अन्याय गर्ने समय होइन, संयुक्त राष्ट्रसंघको वडापत्रअनुसार सह अस्तित्वको मान्यताका साथ जानुपर्छ । नेपालमा विकास नुहुनपर्ने कारण छैन, हाम्रा असाधारण स्रोत साधनको भरपुर प्रयोग गर्नुपर्छ ।” अध्यक्ष ओलीले भने, “सार्वजनिक स्वामित्वका उद्योगलाई कमिसनका नाममा बेचेर सखाप पारेर होइन निजी क्षेसँग सहकार्य गरेर नयाँ नयाँ उद्योग खोलेर बेरोजगारी र कुशासनको अन्त्य गरेर जनतालाई सेवा दिने गरी आगामी सरकारले काम गर्नेछ ।”
ठूलो त्याग र संघर्ष गरेर ल्याएको लोकतन्त्रलाई बचाउन तथा दीगो विकाका लक्ष्य पूर्ती गर्न व्यापार, उद्योगधन्दाको विकास र उत्पादनमुखी कार्यक्रमलाई प्रोत्साहनलाई आफूहरुले प्राथमिकता दिने अध्यक्ष ओलीले बताए ।
नेपाल चेम्बर अफ कमर्शको ६७ औं साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई बधाई दिन आज पार्टी कार्यालय धूम्बाराहीमा कार्यक्रम आयोजना गरिएको थियो ।































प्रतिक्रिया