गोरखा
गोरखाको दुर्गमगाउँहरु लाप्राक र गुुम्दामा पहिलो पटक बस पुगेको छ । लाप्राकमा शनिबार साँझ ना ४ ख २१३ नंबरको बस पुगेको हो भने सोही बस आइतबार दिउँसो गुम्दा पुगेको हो । "/>

लाप्राकमा पहिलो पटक बस पुग्दा चालक र सहचालक सम्मानित

लाप्राकमा पहिलो पटक बस पुग्दा चालक र सहचालक सम्मानित

केन्द्रबिन्दु
0
Shares

गोरखा
गोरखाको दुर्गमगाउँहरु लाप्राक र गुुम्दामा पहिलो पटक बस पुगेको छ । लाप्राकमा शनिबार साँझ ना ४ ख २१३ नंबरको बस पुगेको हो भने सोही बस आइतबार दिउँसो गुम्दा पुगेको हो । पहिलो पटक गाउँमा पुगेको बस, बसका चालक र सहचालकलाई गाउँलेहरुले फुलमालाले सम्मान गरेको लाप्राकका धनप्रसाद गुरुङले जानकारी दिए । जिल्लाको ग्रामिण भेगमा यातायात सञ्चालन गर्दै आइरहेको यातायात ब्यवसायी समिती गोरखाद्धारा बारपाक सम्म सञ्चालन भइरहेको बस लाप्राक हुँदै गुम्दा पुगेको हो ।

पहिलो पटक गाउँमा बस पुगेपछि स्थानीयबासी खुशी भएका छन् । यसअघि त्यहाँका बासिन्दाहरु बस चढ्न बारपाक सम्म पुग्नु पथ्र्यो । ‘बारपाकबाट बिहान पौने सात बजे बस छुट्थ्यो । बस भेट्टाउन घरबाट बिहान तीन बजे नै जानुपथ्र्यो’ गुरुङले भने ‘अब भने गाउँबाटै बस चढ्न पाइने भयो ।’

उता गुम्दामा पहिलो पटक बस पुगेपछि गाउँलेहरुले नाचगान सहित बस चालक र सहचालकलाई सम्मान गरेको गुम्दाका धने गुरुङले जानकारी दिए । यस अघि गुम्दाबा पनि बस चढ्नको लागि सात घण्टा भन्दा धेरै पैदल हिँडेर बारपाक आउनु पर्ने बाध्यता थियो । गाउँमा बस पुगेपछि स्थानियहरुले बसका मजदुरलाई खादा, माला लगाएर सम्मान गरेका छन् । बस पुगेपछि लाप्राकका करिब पाँचसय घरधुरी, गुम्दाका करिब पाँचसय, गुम्दाकै लप्सीबोट, यमगाउँ र सिङ्लाका बासिन्दाले यातायात सेवा पाउने भएका छन् ।
नेपाल समाचारपत्रबाट

 

Logo