एमालेले बोलायो सांसदहरूको बैठक, आजै संसदीय दलको नेता चयन गर्ने

एमालेले बोलायो सांसदहरूको बैठक, आजै संसदीय दलको नेता चयन गर्ने

केन्द्रबिन्दु
21
Shares

काठमाडौं।
नेकपा एमालेले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूलाई शपथपछि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा उपस्थित हुन सूचना जारी गरेको छ।

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ बिहीबार दिउँसो २ बजे सिंहदरबारमा हुँदैछ। एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदनका सांसदहरूलाई समेत बोलाएको एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिएका छन्।

प्रतिनिधि सभामा एमालेका २५ सांसद रहेका छन् र यो संसदको तेस्रो ठूलो दल हो। पार्टीको तर्फबाट संसदीय दलको नेता चयन गर्ने, साथै संसदमा सांसदहरूले खेल्ने भूमिकाबारे जानकारी गराउने र नेतृत्वले बधाई दिने कार्यक्रमसमेत रहेको बुझिएको छ।

Logo