काठमाडौं
राष्ट्रियसभा निर्वाचन र प्रादेशिक सरकार गठनका लागि सहमति खोज्ने जिम्मा पाएको वाम गठबन्धनको कार्यदल बैठक आइतबार बिहान बस्दैछ । प्रदेश सरकारको मुख्यमन्त्री टुंग्याउन कार्यदल बस्न लागेको हो । दुई शीर्ष नेताले निर्देशन दिएपछि एमाले र माओवादी केन्द्रको कार्यदल बस्न लागेको बताइएको छ ।
यो कार्यदलले यसअघि राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँट सहमतिबाटै टुंग्याएको थियो । अब प्रादेशिक सरकार गठन समेत सहमतिबाटै टुंग्याउने जिम्मा कार्यदलले पाएको छ । सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा बिहान ११ बजे बस्ने कार्यदलको बैठकले प्रदेश सभाका मुख्यमन्त्री बाँडफाँट गर्ने बताइएको छ ।
एमालेले प्रदेश १, प्रदेश ३, प्रदेश ४ र प्रदेश ५ मा मुख्यमन्त्रीको दाबी गरेको छ । माओवादीले भने प्रदेश ६ र ७ मा मुख्यमन्त्री आफ्नो पार्टीबाट हुनु पर्ने अडान लिएको छ । एमालेको प्रदेश ६ स्तरीय कमिटिले भने यहाँ पनि आफूले मुख्यमन्त्रीको दाबी गरेको छ । प्रदेश सरकारका लागि कार्यदलले चुनावी परिणामपछिको स्थिति, उम्मेदवारको योग्यता र जातीय सन्तुलन पनि ध्यान दिँदै मुख्यमन्त्रीको टुंगो गर्ने बताइएको छ । प्रदेश मुख्यमन्त्रीसँगै कार्यदल माथि प्रदेश सभामुख, उपसभामुख र मन्त्रीको टुंगो गर्ने जिम्मेवारी पनि छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया