बुटवल
संघीय संरचना अनुसारको प्रदेश संसद अन्तर्गत प्रदेश नं ५ मा प्रदेशसभाको बैठक माघ २१ गते बस्ने भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम ५ नं प्रदेश प्रमुख उमाकान्त झाले बैठकको आह्वान गरेका प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिए । "/>

प्रदेश नं ५ को प्रदेशसभा बैठक माघ २१ मा

प्रदेश नं ५ को प्रदेशसभा बैठक माघ २१ मा

केन्द्रबिन्दु
0
Shares

बुटवल
संघीय संरचना अनुसारको प्रदेश संसद अन्तर्गत प्रदेश नं ५ मा प्रदेशसभाको बैठक माघ २१ गते बस्ने भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम ५ नं प्रदेश प्रमुख उमाकान्त झाले बैठकको आह्वान गरेका प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिए ।

बैठक प्रदेशसभा सचिवालय भवन बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बस्ने भएको छ । बैठक उक्त दिन अपराह्न १ बजे बस्ने प्रदेश प्रमुख कार्यालय सचिव दवाडीले जानकारी दिए । प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिन भित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । उनले प्रदेश प्रमुखले दलहरू बीच छलफल गरी बैठकको मिति तय भएको जानकारी दिँदै आइतबार बैठकको औपचारिक सूचना जारी गरिने बताए ।

संविधानको धारा १८४ उपधारा १ मा प्रदेश प्रमुखले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थितिको आह्वान गर्न सक्ने उल्लेख छ । प्रदेशसभा बैठकका लागि संसद सचिवालय बुटवल उद्योग वाणिज्य संघ परिसर र सभाहलमा तयारी भइरहेको र संसद संचालनका लागि केन्द्रबाट खटिएका कर्मचारी समेत आउने क्रममा रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए ।
रासस

Logo