धुलिखेल

काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–१० सुनथान स्थित शारदा बतासेमा यही माघ २१ देखि २७ गते सम्म वनस्पति महायज्ञ हुने भएको छ । "/>

काभ्रेको शारदा बतासेमा वनस्पति महायज्ञ हुने

काभ्रेको शारदा बतासेमा वनस्पति महायज्ञ हुने

केन्द्रबिन्दु
0
Shares

धुलिखेल

काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–१० सुनथान स्थित शारदा बतासेमा यही माघ २१ देखि २७ गते सम्म वनस्पति महायज्ञ हुने भएको छ । हनुमत शक्ति साधना दुःख निवारण सामाजिक संस्था नेपालको आयोजनामा हुने सो महायज्ञ वनस्पतिको संरक्षण तथा उपयोगका बारेमा जनमानसलाई जागरुक बनाउने उद्देश्यले आयोजना गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक अर्जुनप्रसाद धिमालले जानकारी दिए । आयोजक संस्थाले निकट भविष्यमा नै हनुमत साधना केन्द्रका रुपमा विकास गर्ने र हनुमानका विभिन्न आकृतिका मूर्ति स्थापना गरेर उक्त ठाउँलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना रहेको जनाएको छ । महायज्ञमा विदेशबाट समेत वनस्पति सम्बद्ध विज्ञले प्रवचन दिने बताइएको छ ।
रासस

Skip This
Skip This
Logo