रसुवा
चीनसँगको व्यापारिक नाका रसुवागढीमा एकीकृत चेकपोष्ट स्थापना गरिएको छ । चार वटा कार्यालय एकै ठाउँमा सञ्चालन हुनेगरी चेकपोष्ट स्थापना गरिएको हो । "/>

रसुवागढी नाकामा एकीकृत चेकपोष्ट स्थापना

रसुवागढी नाकामा एकीकृत चेकपोष्ट स्थापना

केन्द्रबिन्दु
0
Shares

रसुवा
चीनसँगको व्यापारिक नाका रसुवागढीमा एकीकृत चेकपोष्ट स्थापना गरिएको छ । चार वटा कार्यालय एकै ठाउँमा सञ्चालन हुनेगरी चेकपोष्ट स्थापना गरिएको हो । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार चेकपोष्टमा अध्यागमन कार्यालय, भन्सार कार्यालय, नेपाल प्रहरी र शसस्त्र प्रहरी रहने छ ।

चेकपोष्ट स्थापनाले यात्रुलाई सहज हुने प्रमुख भन्सार अधिकृत कोइरालाले बताए । ‘सीमा वारपार गर्ने यात्रुको चेकजाँच गर्नका लागि नाकामा चेकपोष्ट स्थापना गरिएको हो,’ उनले भने, ‘न्युनतम भन्सार शुल्क तिर्नु पर्ने यात्रुले त्यहीं शुल्क तिर्न सक्ने छन् ।’ नाकामा रहेको भन्सार कार्यालय भूकम्पको कारण पूर्ण क्षति भएपछि दुई किलोमिटर वरबाट कार्यालय सञ्चालन हुँदै आएको छ । जसका कारण भन्सार शुल्क तिर्नका लागि टिमुरे आएर पुनः रसुवागढी पुग्नु पर्ने बाध्यता थियो । भन्सार सुधार कार्यक्रम अन्तर्गत १ करोड ७ लाखको लागतमा सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय रसुवाले प्रिफ्याब भवन निर्माण गरेको हो । ०७३ साउन देखि निर्माण सुरु भएको करिब तीन महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
नागरिकबाट

Logo