आँखा रोग विशेषज्ञ डा. सन्दुक रुईतलाई पद्यम श्री पदक

आँखा रोग विशेषज्ञ डा. सन्दुक रुईतलाई पद्यम श्री पदक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । भारतले आँखा रोग विशेषज्ञ डा. सन्दुक रुईतलाई पद्यम श्री पदकबाट सम्मानित गरिने भएको छ । स्वतन्त्र दिवसको  अबसरमा घोषणा गरिएको सम्मान तथा पदकको सूचीमा डाक्टर रुइतलाई आँखाको उपचारमा पुर्याएको योगदानको कदर गर्दै पद्यम श्री परस्कारबाट सम्मान गर्ने निर्णय भएको जनाएको हो ।

डा. रुईतको नेतृत्वमा तिलगंगा आँखा अस्पतालले उत्पादन गर्ने मोतीविन्दुको उपचारमा प्रयोग गरिने लेन्स विश्वमै उत्कृष्ट मानिन्छ । डाक्टर रुइतलाई यसअघि एशियाकै सर्वाधिक प्रतिष्ठित पुरस्कार रोमन म्यागासेसेबाट पनि सम्मान गरिएको थियो ।

यसअघि नेपालका समाजसेवी अनुराधा कोईरालालाई पद्यम श्रीबाट सम्मान गरेको थियो ।

Logo