काठमाडौँ
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) अमेरिकी डलरमा हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठकले रसुवामा बन्न लागेको २१६ मेगावाट क्षमताको सो आयोजनाको पीपीए अमेरिकी डलरमा गर्ने निर्णय गरेको हो । "/>

माथिल्लो त्रिशूली–१ को विद्युत खरिद सम्झौता डलरमा

माथिल्लो त्रिशूली–१ को विद्युत खरिद सम्झौता डलरमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) अमेरिकी डलरमा हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठकले रसुवामा बन्न लागेको २१६ मेगावाट क्षमताको सो आयोजनाको पीपीए अमेरिकी डलरमा गर्ने निर्णय गरेको हो । सो आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि रहेको छ । कम्पनीले परफरमेन्स ग्यारेन्टी बापत २१ करोड ६० लाख रुपैयाँ बुझाएपछि पीपीएमा हस्ताक्षर हुनेछ । आयोजनामा कोरियन कम्पनीहरू, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम र नेपाली लगानीकर्ताहरूको लगानी रहनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणले विदेशी लगानीमा निर्माण हुने सय मेगावाट भन्दा ठूला आयोजनाका लागि विदेशी ऋणको अंशका लागि मात्रै अमेरिकी डलरमा भुक्तानी गर्ने गरी नेपाली मुद्रामा पीपीए गर्ने नीति लिएको छ । सुक्खा याममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षा याममा ४ रुपैयाँ ८० पैसाका दरले भुक्तानी दिने गरी पीपीए हुने दिनको विदेशी विनिमय दरलाई स्थिर राखिने प्राधिकरणले जनाएको छ । आयोजना सम्पन्न हुँदा रिटर्न अन इक्विटी १७ प्रतिशत भन्दा बढी भएको पाइए पीपीएको दर समायोजन हुनेछ ।

राजधानीबाट

Logo