काठमाडौँ
एमाले र माओवादीका नेताहरु प्रदेश सरकारमा १० प्रतिशत भन्दा नबढ्ने मन्त्रीहरु छनोट गर्न सहमत भएका छन् । संविधानले भने प्रदेशमा कुल सांसदको २० प्रतिशत सम्म मन्त्री बनाउन पाउने ठाउँ दिएको छ । "/>

प्रदेशमा सानो मन्त्रिमण्डल बनाउने वाम गठबन्धन बीच सहमति

प्रदेशमा सानो मन्त्रिमण्डल बनाउने वाम गठबन्धन बीच सहमति

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
एमाले र माओवादीका नेताहरु प्रदेश सरकारमा १० प्रतिशत भन्दा नबढ्ने मन्त्रीहरु छनोट गर्न सहमत भएका छन् । संविधानले भने प्रदेशमा कुल सांसदको २० प्रतिशत सम्म मन्त्री बनाउन पाउने ठाउँ दिएको छ । वाम गठबन्धनको संयुक्त कार्यदलको सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको एमालेका एक नेताले जानकारी दिएका छन् । बैठकमा पहिला सानो मन्त्रिमण्डल बनाउने एमाले र माओवादी बीच सहमति भएको बताइएको छ ।

वाम गठबन्धनले प्रदेश नम्बर २ बाहेक ६ वटा प्रदेशमा बहुमतको सरकार गठन गर्ने देखिन्छ र उक्त प्रदेशहरुमा सानो संख्याको प्रदेश सरकार बन्ने बताइएको छ । यसैबीच प्रदेश सरकार निर्माण सम्बन्धी एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदलले १४ माघमा मात्र मुख्यमन्त्री लगायत प्रदेश सरकार सम्बन्धी विषयमा निर्णय गर्ने भएको छ ।
नेपाल समाचारपत्रबाट

Logo