काठमाडौँ
भारतले अवरोध गरेपछि निकासीका लागि तयार पारिएको करिब तीन करोड रुपैयाँको अदुवा नष्ट हुने अवस्थामा पुगेको छ । अवरोधका कारण निकासी गर्न ६५ ट्रकमा लोड भएको नौ सय टन काँचो अदुवा बिग्रन लागेको हो । यो अदुवाको बजार मूल्य करिब दुई करोड ७० लाख रुपैयाँ पर्ने व्यवसायीले जानकारी दिएका छन् । यस बाहेक थप तीन चौथाई भन्दा बढी परिमाणमा किसानको खेतबारीमा अदुवा अलपत्र अवस्थामा छ ।
भारतको भन्सारले भारतीय व्यापारीले कानुनी प्रक्रिया पूरा नगरी अदुवा आयात गरेको भन्दै अवरोध गरेको छ । नेपाली अदुवा निकासीमा प्रत्येक वर्ष समस्या आउने गरेको छ । खेतबाट किसानले अदुवा झिक्ने समयमा भनसुनका आधारमा प्रत्येक सिजनमा अदुवा निर्यात गर्न तत्कालका लागि बाटो खुल्छ । निर्यात सक्ने बित्तिकै किसान देखि व्यवसायी र सरकार देखि निर्यातकर्ता फेरि चुप लागेर बस्छन् । अदुवा निर्यातमा यो रबैया पछिल्लो पाँच सात वर्ष देखि निरन्तर चलिरहेको छ । पछिल्लो समयमा फेरि अदुवा निर्यातमा त्यही किचलो भएको छ । हाल इलाम, पाँचथर, तेह्थुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ लगायत जिल्लामा उत्पादन भएका अदुवाको निर्यातमा अवरोध आएको छ ।
सरकारले निर्यातयोग्य कृषिवस्तुका रूपमा अदुवालाई अग्रस्थानमा राखेको छ । तर त्यही अदुवा निर्यातमा देखिएका समस्या समाधान भएका छैनन् । महासंघका अध्यक्ष नरेन्द्र खडकाले अदुवा कुहिने डरले केही साना व्यवसायीले पानीट्यांकी नाकाबाट जाँचपास भएर अलपत्र परेको अदुवा सहितको ट्रक फिर्ता लिन भन्सार कार्यालयमा आवेदन दिन थालेको जानकारी दिए ।
अन्नपूर्णबाट































प्रतिक्रिया