काठमाडौं
निजी मेडिकल कलेजहरूले एमबीबीएसका विद्यार्थीसँग तोकिए भन्दा बढी रकम असुलेको पाइएपछि त्रिभुवन विश्वविद्यालयले छानबिन गर्ने भएको छ । "/>

मनोमानी शुल्क लिने कलेज माथि छानबिन गरिने

मनोमानी शुल्क लिने कलेज माथि छानबिन गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
निजी मेडिकल कलेजहरूले एमबीबीएसका विद्यार्थीसँग तोकिए भन्दा बढी रकम असुलेको पाइएपछि त्रिभुवन विश्वविद्यालयले छानबिन गर्ने भएको छ । त्रिविले अनुगमन निर्देशनालयका प्रमुख विश्व खनालको नेतृत्वमा छानबिन एवं अनुगमन टोली गठन गरेको छ ।

योग्यता सूचीका एमबीबीएस विद्यार्थीले त्रिविका उपकुलपति डा. तीर्थ खनियाँलाई बुधबार ज्ञापनपत्र बुझाउँदै छानबिन माग गरेका थिए । निजी मेडिकल कलेजहरूको स्थलगत अनुगमन गर्न छानबिन समिति गठन गरिएको हो । उपकुलपति डा. खनियाँले भने, ‘सरकारले तोके भन्दा विद्यार्थीसँग निजी मेडिकल कलेजहरूले अनियमित ढंगमा अतिरिक्त शुल्क मागेको पाइयो । स्थलगत अनुगमनमा खटिन निर्देशन दिइसकेको छु ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूले मनोमानी शुल्क असुलेको आरोप लगाउँदै एमबीबीएसमा भर्ना हुने विद्यार्थीले मंगलबार डिन कार्यालयमा उजुरी दिएका थिए। उपत्यकाका मेडिकल कलेजहरूले ३८ लाख ५० हजार र उपत्यका बाहिरकाले ४२ लाख ५० हजार रुपैयाँ सम्म शुल्क लिन पाउने व्यवस्था छ । सरकारले तोकेको शुल्कका अतिरिक्त ५ देखि १० लाख रुपैयाँ मागेको दाबी विद्यार्थीको छ ।
अन्नपूर्णबाट

Logo