काठमाडौं
विशेष अदालतले मिलन गुरुङ (चक्रे मिलन) लाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ । न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलाशले हिजो गुरुङलाई सफार्इ दिएको अदालतका श्रेष्तेदार विनकुमार श्रेष्ठले जानकारी दिए । "/>

सम्पत्ति शुद्धीकरण मुद्दामा डन चक्रे मिलनलाई सफाइ

सम्पत्ति शुद्धीकरण मुद्दामा डन चक्रे मिलनलाई सफाइ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
विशेष अदालतले मिलन गुरुङ (चक्रे मिलन) लाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ । न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलाशले हिजो गुरुङलाई सफार्इ दिएको अदालतका श्रेष्तेदार विनकुमार श्रेष्ठले जानकारी दिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तर्फबाट सरकारी वकिलले वहस गरेर दुवै पक्षको सुनुवाइ सकिएपछि गुरुङलाई सफाइ दिने फैसला सुनाएको हो ।

अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले गुरुङ सहित पाँच गुन्डा नाइकेको सम्पत्तिबारे अनुसन्धान गरी ०७० साल जेठ ५ गते सात करोड दुई लाख भन्दा बढी रकमको विगो राखी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गुरुङ सहित दीपक मनाङे (राजीव गुरुङ), गणेश लामा, अभिषेक गिरी र पर्शुराम बस्नेत विरुद्ध एकै दिन अभियोगपत्र दायर भएको थियो । मनाङेले भने सम्पत्ति शुद्धीकरणमा यसअघि नै सफाइ पाइसकेका छन् ।
रासस

Logo