सिरहामा चिसोका कारण थप एकको मृत्यु

सिरहामा चिसोका कारण थप एकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

लहान

अत्यधिक चिसोका कारण सिरहा नगरपालिकामा गए राति थप एक जनाको मृत्यु भएको छ । 

चिसोका कारण कठ्याङ्ग्रिएर सिरहा नगरपालिका–१२, सारश्वर निवासी ५५ वर्षीय बौका दर्जी भन्ने मंजुर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

राति शौच गरेर सुतेको केही समय नबित्दै चिसोले काम्न थालेको र केही मिनेटमै मृत्यु भएको परिवारजनले बताएका छन् । यो सँगै सिरहामा चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या १५ जना पुगेको छ । 

मनाङमा भारी हिमपात

मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ । 

मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । 

हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन छन् । उद्दारकालागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ । रासस

Skip This
Skip This
Logo