प्रदेश २: मुख्यमन्त्रीमा राउत र यादवको टक्कर, को कति बलियो ?

प्रदेश २: मुख्यमन्त्रीमा राउत र यादवको टक्कर, को कति बलियो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रदेश नम्बर २ को मुख्यमन्त्रीका लागि दुईजना नेता अग्रपंक्तिमा देखिएका छन् । यो प्रदेशको सबैभन्दा ठुलो दल संघीय समाजवादी फोरमका तर्फबाट केन्द्रीय उपाध्यक्ष मोहमद लालबाबु राउत, केन्द्रीय कोषाध्यक्ष विजय यादव र राजनीतिक समितिका सदस्य शैलेन्द्र साह प्रतिस्पर्धामा देखिएका छन् ।

प्रदेश सभा सदस्यको सपथ ग्रहण भइसकेको अवस्थामा संसदीय दलको नेता चयन प्रक्रिया दलहरुले शुरु गरिसकेका छन् । फोरमको संसदीय दलको नेतामा राउत, यादव र साहले दावेदारी देखाएका छन् ।

मोहमद राउत २०७४ सालको प्रदेश सभा निर्वाचनमा राउत पर्सा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ मा विजयी भएका हुन् । उनी २०७० सालमा समानुपातिकतर्फबाट सभासद भएका थिए ।

विजय यादव सिराहा क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका हुन् । उनी २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा विजयी भएर आपूर्ति मन्त्री भएका थिए ।

यादव २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा पराजित भएका थिए । राजनीति समितिका सदस्य साह सप्तरी क्षेत्र नम्बर २ को प्रदेश सभा‘क’ बाट निर्वाचित भएका हुन् ।

फोरम भित्र अध्यक्ष उपेन्द्र यादवनिकट र यादव समुदायको भएकाले विजयको सम्भावना सबैभन्दा प्रबल रहेको पार्टी निकट स्रोतले बताएको छ । केन्द्रीय उपाध्यक्ष राउत भएपनि पार्टीमा विजय वरिष्ठ रहेका उपेन्द्र यादव निकट स्रोतले बताएको छ ।

मुस्लिम भएकै कारण लालबाबुले मुख्यमन्त्री नपाउने चर्चा पनि पार्टीभित्र चलिरहेको छ। फोरममा मधेसी समुदाय, त्यसमा पनि यादव समुदायको प्रभुत्व रहेको छ ।

प्रदेश नम्बर २ को प्रदेश सभामा प्रत्यक्षतर्फ २० र समानुपातिकतर्फ ९ गरी फोरमले २९ सिट जितेको छ । यहाँ फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको स्पष्ट बहुमत छ ।

राजपाले प्रत्यक्षमा १५ र समानुपातिकमा १० गरी २५ सिट जितेको छ । १०७ सिट रहेको प्रदेश नम्बर २ मा फोरम र राजपाको ५४ सिट हुन्छ । प्रदेश २ को मधेसी दलबाट मुख्यमन्त्री हुने करिब निश्चित छ ।

राजपाका महमन्त्री मनिष सुमन र जितेन्द्र सोनल समेत मुख्यमन्त्रीको दाबेदार छन् । ठुलो दल भएका कारण फोरमबाटै मुख्यमन्त्री हुने बताइएको छ। अन्नपुर्ण पोस्ट 

Logo