सुविसु क्यान प्रदर्शनको तयारी पूरा

सुविसु क्यान प्रदर्शनको तयारी पूरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

सुविसु क्यान इन्फोटेक २०१८ प्रदर्शनको तयारी पूरा भएको छ । बरमहलस्थित कार्की ब्याङ्क्वाटमा भएको कार्यक्रममा प्रेस विज्ञप्ती गरी तयारी पूरा भएको जानकारी गराएको हो ।

भृकुटीमण्डपमा हुने यस वर्षको प्रदर्शनी क्यानको २४ औँ प्रदर्शनी हो । प्रदर्शनमा २२२ स्टलहरु रहने छ । माघ ११ गतेदेखि १६ गतेसम्म चल्ने मेलामा विद्यार्थीका लागि ५० र सर्वसाधरणका लागि १०० रुपैयाँ शुल्क तोकिएको छ ।

कार्यक्रममा क्यानले चार लाख दर्शक भित्र्याउने लक्ष्य राखेको छ ।

Logo