काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नं. १ की सांसद नितिमा कार्कीले कृषि लगायत अन्य थुप्रै उद्योगका लागि सर्लाही उपयुक्त क्षेत्र भएको भन्दै व्यवसायिक केन्द्र बनाउने सबैलाई स्वागत गर्ने बताएकी छिन् ।
सर्लाहीका जनताले राज्य र निजी दुवै क्षेत्रबाट साथ नपाएकोले आफ्नो विजय अब सर्लाहीको विकासमा केन्द्रित रहने उनले बताएकी हुन् ।
सुरक्षित निजी क्षेत्र : सशक्त महासंघका लागि नेपाल उद्योग वाणिज्य महासंघ बस्तुगत तर्फका केन्द्रिय उपाध्यक्षका उम्मेद्वार शिव घिमिरेले आयोजना गरेको सांसद र निजी क्षेत्रबीच नीति संवाद कार्यक्रममा बोल्दै सांसद कार्कीले अहिलेको अवस्थामा धेरै भन्दा धेरै रोजगारी सृजना गर्नुपर्ने चुनौती भएकाले त्यसलाई चिर्न औद्योगिक विस्तारसँगै आर्थिक क्रान्तीमा जानुपर्ने बताइन् ।
‘वैदेशिक रोजगारीका कारण घरका पुरुष विदेशिएपछिको त्यहाँको अवस्था मैले अनुभुती गरेकि छु’ कार्कीले भनिन्–‘उद्योग व्यवसायका लागि त्यहाँका जनता हातेमालो गर्दै अघि बढ्न तयार छन्, एक–दुई लाख म दिन्छु, मेरो श्रीमानलाई स्वदेश ल्याइदिनुस् भनिरहेका छन् । नीतिसंवाद कार्यक्रममा बोल्ने क्रममा उनले व्यवसायीहरुबीच एकताको भावना नभएकाले सर्वप्रथम व्यवसायीहरुबीचको सम्बन्ध एकतापुर्ण हुनुपर्ने बताइन् ।
कुनै एक व्यवसायीलाई समस्या पर्दा अर्को व्यवसायी बोल्दै नबोल्ने प्रचलन छ, यो मैले आफैंले भोगेको समस्या हो, कार्कीले भनिन्– अर्को व्यवसायी समस्या पर्दा मलाई चाहि समस्या पर्दैन् भन्ने नसोचौं, समस्या सबैलाई पर्न सक्छ, निजी क्षेत्र मिलेर गएमा आर्थिक क्रान्तीले गति लिने निश्चित छ ।
सांसद कार्कीले स्वदेशका उत्पादनले बजार नपाउँदा यहाँ खेर गैरहेको कच्चा पदार्थबाटै बनेका विदेशी वस्तु महंगो मुल्यमा किन्नु परिरहेको बताइन् । उनले भनिन्, ‘अब राज्य, निजी क्षेत्र र आम जनताको सहभागितामा काम गर्ने वातावरण निर्माण गर्न म संसदिय भूमिकामा सक्रिय रहनेछु ।’





























प्रतिक्रिया