धनकुटा ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी राजधानी तोकेपछि देशका विभिन्न ठाउँमा आन्दोलनहरु चर्किरहेका छन् । यसैबीच धनकुटामा पनि आन्दालनले कडा रुप लिएको छ । आन्दालनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका थिए । आन्दालनले हिंस्रक रुप लिएपछि केही समय स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो ।
विरोधको कार्यक्रम यतिमा मात्रै सिमित रहेन्, आफ्नै पार्टीको नेतृत्वले धनकुटालाई उपेक्षा गरेको भन्दै नेपाली काँग्रेस धनकुटाका पदाधिकारीहरुले सामुहिक राजीनामा दिएका छन् ।
सभापति अग्नीप्रसाद पौडेल लगायतका पदाधिकारीहरुले पत्रकार सम्मेलन नै गरेर राजीनामा दिएको घोषणा गरेका छन् । सभापति पौडेलका अनुसार जिल्ला कार्यसमिति, गाउँ तथा नगर समिति, भातृ संस्थाका पदाधिकारी लगायतले आजैको मितिदेखि लागु हुने गरी साधारण सदस्य समेत नरहने गरी सामुहिक राजीनामा दिएको घोषणा गरेका छन् ।
कांग्रेस धनकुटाले सामुहिक राजीनामा गरेपछि पार्टी कार्यालयमा कालो झण्डा गाडेर कार्यालय बन्द गरेका छन् ।
पूर्वाधार, सामाथ्र्य, सुरक्षा, सुन्दरता तथा प्रशासनिक सुगमता र अन्तराष्ट्रिय सिमानाको पनि दृष्टिकोणले उपयुक्त रहेको धनकुटालाई उपेक्षा गरेर पार्टी नेतृत्वको सरकार अगाडी बढेकाले पार्टी भन्दा माथि उठेर नैतिकताको आधारमा पनि आफूहरुले राजीनामा दिएको पार्टी सभापति पौडेलले बताए ।































प्रतिक्रिया